• TOKHA LIVE

    • १८ आश्विन २०७७, आईतवार २०:१८

    केवल एक वचन देऊ

    –केवल एक वचन देउ –

    आजिवन माया गरेजस्तै
    म हिँडेपछि अर्कै दुनियाँ
    उस्तै माया गर्दै मलाई
    आजिवन मेरो सम्झना
    दिनरात जपेर बस्नेछौ
    त्यहि विश्वासमा मैले
    विवशभै आँखा चिम्लेथेँ
    नचाहेरै नि सास छोडेथेँ

    नाटकै सहि केहि दिन त
    आँसु चुहाउँदे वेरागी भयौ
    पर पर क्षितिजमा टोलाई
    मलाई खोजे जस्तै ग¥यौ
    विस्तारै अलि बाँकी वैंश
    कहिँ बिसाउने आशामा
    विस्तारै भौतारिन थाल्यौ
    पुराना ति सारा यादहरुले
    तिमीलाई ! हो साँच्चै
    बिझाउन र पोल्न थाले
    मसंग जोडिएका परिचय र नाता
    आज साँच्चै तिमीलाई !
    बोझ बनि बिझ्न थाले

    सामु म नहुँदा ढुक्क छौ !
    के थाहा तिमीलाई सत्य
    पहिले सबै जान्न बुझन्
    म तिमी साथ हुनै पथ्र्यो
    ढोका थुन वा पर्दाले छेक
    अब जताततै पुग्न सक्छुँ
    फरक यति म छुन बोल्न
    रिसाएर कराउन सक्तिन

    त्यसैले तिमीले नचाहे नि
    भुलेरै मलाई नबोलाए नि
    मनको गुनासो पोख्न भनी
    सपनामा सुटुक्क म आउँछुं
    चुपचाप नबोली उभिरहन्छुं
    तिम्रो चाह र स्वतन्त्रतामा
    कुनै डाहा अनि आपत्ति छैन
    केवल तिम्रो स्वार्थले ति मेरा
    पे्रमका फूलहरु नओइलाउन
    नफक्रिकनै ति नझरीजाउन !

    ति फूल जोगाउन, सम्हाल्ने
    केवल एक वचन मात्र देऊ
    बिउँझाउन र विथोल्न फेरि
    कहिल्यै सपनीमा आउने छैन
    विश्वास गर , मैले मात्र हैन
    यहाँ कसैले झुठो बोल्न पाइन्न
    यहाँ कसैले पाप सोच्नै सक्तैनन्
    –ओमशंकर श्रेष्ठ –
    १८ , असोज , ०७७

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै