–केवल एक वचन देउ –
आजिवन माया गरेजस्तै
म हिँडेपछि अर्कै दुनियाँ
उस्तै माया गर्दै मलाई
आजिवन मेरो सम्झना
दिनरात जपेर बस्नेछौ
त्यहि विश्वासमा मैले
विवशभै आँखा चिम्लेथेँ
नचाहेरै नि सास छोडेथेँ
नाटकै सहि केहि दिन त
आँसु चुहाउँदे वेरागी भयौ
पर पर क्षितिजमा टोलाई
मलाई खोजे जस्तै ग¥यौ
विस्तारै अलि बाँकी वैंश
कहिँ बिसाउने आशामा
विस्तारै भौतारिन थाल्यौ
पुराना ति सारा यादहरुले
तिमीलाई ! हो साँच्चै
बिझाउन र पोल्न थाले
मसंग जोडिएका परिचय र नाता
आज साँच्चै तिमीलाई !
बोझ बनि बिझ्न थाले
सामु म नहुँदा ढुक्क छौ !
के थाहा तिमीलाई सत्य
पहिले सबै जान्न बुझन्
म तिमी साथ हुनै पथ्र्यो
ढोका थुन वा पर्दाले छेक
अब जताततै पुग्न सक्छुँ
फरक यति म छुन बोल्न
रिसाएर कराउन सक्तिन
त्यसैले तिमीले नचाहे नि
भुलेरै मलाई नबोलाए नि
मनको गुनासो पोख्न भनी
सपनामा सुटुक्क म आउँछुं
चुपचाप नबोली उभिरहन्छुं
तिम्रो चाह र स्वतन्त्रतामा
कुनै डाहा अनि आपत्ति छैन
केवल तिम्रो स्वार्थले ति मेरा
पे्रमका फूलहरु नओइलाउन
नफक्रिकनै ति नझरीजाउन !
ति फूल जोगाउन, सम्हाल्ने
केवल एक वचन मात्र देऊ
बिउँझाउन र विथोल्न फेरि
कहिल्यै सपनीमा आउने छैन
विश्वास गर , मैले मात्र हैन
यहाँ कसैले झुठो बोल्न पाइन्न
यहाँ कसैले पाप सोच्नै सक्तैनन्
–ओमशंकर श्रेष्ठ –
१८ , असोज , ०७७

