• TOKHA LIVE

      TOKHA LIVE

    • ३१ भाद्र २०७७, बुधबार ०७:०८

    बाल दिवसको अवसरमा भर्चुअल शिक्षा र बालबालिका भन्ने शिर्षकमा निबन्ध :-


    भर्चुअल शिक्षा र बालबालिका
    देवजङ्ग शाही

    आज विश्व नै कोभिड १९ कोरोना भाइरस को लडाइमा रहेको जो कोहि लाई नि थाहा नै छ ,यस महामारी बाट हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन गत वर्ष २०७६ साल चैत्र महिना ११ गतेदेखि आज २०७७ साल भाद्र २९ गतेसम्म आइपुग्दा पनि कोरोना नियन्त्रणमा आउनसक्ने स्थिति रहेन । यसैको प्रभावले सामाजिक , आर्थिक , राजनीतिक नभई शिक्षा क्षेत्रमा नकारात्मक असर पार्दै आएको छ । हाम्रो देश नेपाल यसै त शिक्षा क्षेत्रमा अरु मुलुक भन्दा पिछडिएको मुलुक हो,कोरोना सित लड्दै भिड्दै आज करिब ६ महिना सम्म आइ पुग्दा पनि शिक्षा प्राप्त गर्ने मुल भवन नै बन्द रहेकोे छ, देशमा शिक्षा क्षेत्र स्थिति परिवर्तन हुना थालेपछि नेपाल सरकार तथा शिक्षा मन्त्रालयले भर्चुअल कक्षा संचालन गर्ने भनेर सूचना जारी गर्छ तर हाम्रो देश नेपालमा 77 वटै जिल्लाका विद्यार्थीलाई समेटेर भर्चुअल माध्यम बाट सिकाइ लाई अगाडि बडाउन कठिनाइ छ, यहाँ ईन्टरनेट बाट अन्धकारमा रहेका दुर्गम जिल्ला पनि छन जुन ठाउँमा आज ईन्टरनेट भनेको के हो भन्ने कुरा नै थाहा छैन,यहाँका बालबालिका अहिले विद्यालय जाने समयमा ज्यालादारी काम गरेर दिन बिताएका छन, सहरका बालबालिका मोबाइल मा दिन बिताएका छन , अहिले हरेक विद्यार्थीको पढ्ने वातावरण नै हराउँदै गएको छ् , कोरोना भाइरस को महामारी बाट भन्दा देशमा आत्म हत्या , जातीय विवाद, छुवाछूत आदि जस्ता घटनाहरु सामाजिक संजाल बाट सुनेर विद्यार्थी मा नकारात्मक प्रभाव पर्दै आएको छ्।
    नेपालको लागि भर्चुअल अथवा अनलाइनमा आधारित कार्यक्रम नयाँ हो । यसकारण शुरुका दिनमा नै यो त्यति प्रभावकारी नदेखिन सक्छ । सबैको पहुँचमा इन्टरनेट, टि.भि ,रेडियो का माध्यम पुगेको छैन । शिक्षकहरु पनि नयाँ कार्यक्रम भएको कारण यस किसिमका शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउ कठिनाइ छ । कसरी भर्चुअल माध्यमबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भन्ने सम्बन्धमा विद्यालय व्यवस्थापन पक्ष अन्यौलमा छ सबै विद्यार्थी एवं शिक्षकहरुसँग स्मार्टफोन वा ल्यापटप छैन ।

    बजार बन्द रहेको कारण हामीलाई आवश्यक उपकरणहरु तत्काल जुटाउन सकिने अवस्था छैन । आर्थिक व्यवस्थापनको लागि समेत परिस्थिति असहज छ । सबै बालबालिका र अभिभावकहरु अहिले शहरी क्षेत्रमा मात्रै हुनुहुन्न । आफ्नै गाउँमा फर्कनुभएको पनि छ ।
    यी विभिन्न वाधाअवरोधक समस्या तत्काल हटाउने सम्भावना छैन।

    देवजङ्ग शाही


    उपलब्ध स्रोत र साधनको प्रयोगबाट नै हाम्रा गतिविधि सञ्चालन गर्नुपर्ने स्थिति छैन । यसरी विना प्रविधि, बिना पुर्वाधार र बिना तालिम भर्चुअल शिक्षाको प्रभावकारिता देखिदैन। 77 वटै जिल्लाका विद्यार्थीलाई समेटेर कक्षा संचालन गर्न लाई विद्यालय खोल्नु को बाहेक अरु कुनै नयाँ विकल्प निकाल्ने हाम्रो देश को हैसियत छैन ।त्यसैले विद्यालयलाई कसरी खोल्दा ठिक हुन्छ भन्ने कुरा नै उत्तम उपाय हो । आजको बालबालिका नै मुलुककाुे भोलीको भवियका नीति निर्माता हुन्छन बालबालिका राष्ट्रका कर्णधार हुन भन्ने कुरा सबैलाइ जानकारी भएको विषय हो तथापि बालबालिकालाई हेने दृष्टिीकोण र उनीहरुको लागि गरिन क्रियकलपामा हाम्रो भूमिका को बारेमा सबै जना सचेत नभएको ले बालबालिकाको मुद्धालाई अझै मुलधारमा ल्याउन नसकिएको कुरा प्रष्ट छ । बालबालिकालाई शिक्षा बाट बन्चित गराउनु हुदैन भनेर नेपाल को संविधान उल्लेख गरिएको छ् तर खै अहिले बालबालिकाले शिक्षा पाएका छन त।बालबालिकाले खाना पाउनुपर्छ रे खै आज यस्तो महामारि को बेला गरिबका बालबालिकाले खाना नपाएर सडक मा लडेका छन ।अब यसको समस्या कस्ले समाधान गर्छ ..?
    देवजङ्ग शाही
    कक्षा ९
    पशुपति मित्र मा. वि
    काठमाडौं ७ चाबहिल

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै