• TOKHA LIVE

    • ३० भाद्र २०७७, मंगलवार १९:२२

    ‘फूल बेच्ने केटी’ एक सर्वकालीक कोरियाली अपेरा

    – जामिला

    काम गरी खाने वर्ग, किसान, मजदुरहरूको कथा गाइएको साहित्यले वास्तवमा ठूलो महत्व राख्दछ । तिनैलाई मुख्य पात्र बनाई, परिवर्तनका संवाहक बनाइएको साहित्य त युग–युगसम्म पनि बाँच्छ । त्यस्तो साहित्यलाई प्रगतिशील साहित्य भनिन्छ र त्यो समाजको प्राण जत्तिकै हुन्छ ।

    आजभन्दा ८८ वर्ष पहिले लेखिएको कोरियाली क्रान्तिकारी अपेरा ‘फूल बेच्ने केटी’ आज पनि उत्तिकै पठनीय छ । फिल्मको रुपमा पनि तयार यस अपेरा जति पटक हेरिन्छ, पढिन्छ उति नै थप ऊर्जा प्रदान गर्दछ ।
    सन् १९२० देखि १९३० बीचमा कोरियालाई जापानी साम्राज्यवादले आफ्नो निर्दयी उपनिवेशभित्र गरेको शोषण तथा साम्राज्यवादको आडमा सामन्त जमिनदारहरूले गरेको पाशविक व्यवहार, निर्मम अत्याचार र शोषणको दुरुस्त प्रस्तुतीकरण हो ‘फूल बेच्ने केटी’ । यस क्रान्तिकारी अपेराले तत्कालीन समयको वास्तविकतामात्र नछर्लङ्ग्याई त्यसको विरोधमा जनताले गरेको वीरतापूर्ण सङ्घर्षको गाथा पनि गाएको छ ।

    ‘फूल बेच्ने केटी’ मा गोत बुनको जीवनले भोगेको अभाव दुःख र पीडा, उनकी आमा र परिवारलाई जमिन्दारले गरेको सास्ती र दुव्र्यवहारविरुद्घ उभिएका प्रत्येक क्षण तथा शोषण–अन्यायविरुद्घ लड्ने प्रत्येक पाइलाको मार्मिक ढङ्गले वर्णन गरिएको छ ।

    ‘हामी रगतमा आँशु चुहाउँदै सराप परेको जमिन जोत्छौं ।
    हामी तैपनि सधैं ऋणमा डुबेका छौं ।
    हामी कसको लागि छर्छांै र गोड्छौं ?
    हामी खाली दुःख र पीरको बाली उठाउँछांै ।’

    किसानको पसिना र रगतले उब्जाएको अन्नबाली किसानबाट खोसिन्छ, पिठ्यूँमा त्यही अन्नका धोक्राहरू जमिनदारका निम्ति ओसार्नुपर्छ, त्यही पिठ्यूँमा जमिनदारको लौरो बर्सिन्छ अनि किसान कमारकमारी, काम गरी खाने वर्गको पेट सधंै खाली, हात सधंै रित्तो । यस्तो क्रुर व्यवस्थाको विरुद्घमा अनगिन्ती प्रश्नहरू यो अपेराले तेस्र्याएको छ ।

    जति काम गरे पनि, पुस्तांैपुस्ता जमिनदारको दास बनाइए पनि गरिब किसानले ऋणमुक्त हुन नपाउने, साहु र जमिनदारको ब्याजले ढाड सेकिने कस्तो व्यवस्था यो ? भन्दै जमिनदारको घरमा काम गर्न बसेका गोत बुनका दाजु चोलयोङ्ग गाउँछन् ।

    ‘कमारो भएर वा यसै कोठामा मरे
    म पनि यहाँ बसेको आठ वर्ष भो
    दुई माल कोदो फस्र्यौट गर्न
    आठ वर्षको उमेरमा म यहाँ आएथें ।’

    जसोतसोे, खाइनखाई साहुको, जमिनदारको ऋण चुक्ता गर्न गएको गोत बुनको परिवारलाई जमिनदार र उनका जहान षड्यन्त्रको पासोमा थाप्ने तयारी गर्छन् । गोत बुनकी सानी बहिनी सुन हुईले आफ्नो भोक थाम्न नसकेर आँगनमा सुकाइराखेको एक गेडा वयर टिप्न खोज्दा जमिनदारकी स्वास्नी ती अबोध बालिकामाथि जाइलाग्छे र मरणासन्न हुने गरी पिट्छे । सुन हुईको अनुहारमा उम्लिरहेको ओखतीको भाँडो घोप्ट्याउँदै पछारिन्छे । दयाको भिख माग्न आमा हुरिंदै आउँछिन्, त्यसको जवाफमा जमिनदार बोल्छ

    ‘तिमीहरू चारै जनालाई बेच्दा पनि म त्यसको मोल चुकाउन सक्दिनँ ।’

    सुन हुई भने ‘आमा, मेरा आँखामा घाउ लाग्यो, दुख्दैछ । तपाईं कहाँ हुनुहुन्छ , दाई ? म देख्दिनँ भन्दै चिच्याउँछिन् । सुन हुईको अगाडि निस्पट्ट अन्धकार छाएको हुन्छ । यो दृश्य र उनको रोदनयुक्त आवाज र पीडाले विह्वल शब्दहरूले पाठकहरूको आँखा जरुर रसाउनेछन् । सय वर्ष लामो आयु लम्ब्याउने सञ्जिवनी बुटीले सुन हुईको आँखा खोस्यो । त्यो पीडा सुुक्न नपाउँदै जमिनदार अर्को आदेश दिन्छ — ‘जङ्गली बुटीको मोल चुक्ता गर्न तँ र तेरी आमा दुवैले जीन्दगीभरि यहाँ काम गर्नैपर्छ ।’

    अन्याय र शोषण खपिनसक्नु भएपछि अन्यायविरुद्घको क्रोध जन्मनु स्वाभाविक हो । चोल योङ्गले रिस दबाउन नसकी जमिनदारको घरमा आगो लगाएको आरोपमा चोल योङ्ग पक्राउ पर्छन् ।

    ‘झ्यालखाना परेको छोरोको सट्टा
    आमाले कमारी भई काम गरेको ६ वर्ष भो ।
    हिउँ प¥यो र वर्षा भो अनि पूmल फुले
    तैपनि कठोर सासनाको उनको जीवन
    विना हेरफेर उस्तै रह्यो ।’

    व्यवस्था नफेरिएसम्म गरिबको दिन कसरी फेरिन्छ र ! सुन हुई आप्mना दाजु, दिदी मिलेर रोपेको ६ वर्ष पुरानो मगन्ध्वा भन्ने पूmलको बोटको उचाइ बेला बखत नाप्छिन् । निस्पट्ट अँध्यारोमा बाँचेकी आफ्नी अन्धी बहिनीको अवस्था, बुढी बिरामी आमाले जमिन्दारको निम्ति काम गर्नुपर्ने बाध्यताले गोत बुन सम्हालिन सक्दिनन् , भक्कानिन्छिन् र सम्झिन्छिन् आफ्नो दाजुलाई ।
    आमा गाउँछिन् —

    ‘काला बादल थुप्रिदंैछन् , झिलिक्क बिजुली चम्कन्छ
    हामीले कसरी निर्वाह चलाउने छोरी हो
    अब तिमीहरूकी आमा बिरामी भएपछि
    यस निठ्ठुरी संसारमा तिमीहरू कसरी निर्वाह गरौला ?’

    जमिनदारको आँखा गोत बुनमाथि पर्छ । आमाले फुटाएको पानी बोक्ने घंैटाको ब्याज, कोठामा बालेको बत्तीको तेलको मोल, खाएको भात–तिहुनको मोल, जङ्गली बुटीको मोल, चोल योङ्गले घर आगलागी गर्दा भएका हानी नोक्सानीको हिसाबकिताब अब गोत बुनसँग माग्छ । गोत बुनलाई पनि उनैको दासी बन्न बाध्य पारिन्छ । बिरामी आमालाई, अन्धी बहिनीको साहरामा छाडेर गोत बुन घरबाट निस्किन्छिन् । जमिनदारको घरतर्फ ।

    जमिनदारको चोकमा आमाको सट्टामा छोरीले घुमाएको जाँतोको आवाज पीडाजनक सुनिन्छ । जमिनदारले अ¥हएको सम्पूर्ण काम गरिसकेर पनि शारीरिक र मानसिक यातना भने दिन छोडिन्नँ । आमा आफ्नो बिरामी शरीर घिसार्दै त्यहाँ आइपुग्छिन् । आमा–छोरी मिलेर जाँतो घुमाउँछन् ।

    सामूहिक रुपमा आइमाइहरू गोत बुन र आमाको पिडा गाउँछन् ।

    ‘ए जाँतो ! मेरो दुुःखलाई सँगै बोकेर तिमी फन्फनी घुम
    मुटुमा साटो फेर्ने भाव लिएर रुँदै तिनीहरू जाँतो घुमाउँछन्
    वेदना र अन्धकार बोकेर यो फन्फनी घुम्छ ।
    ए समय ! जाँतो झैं फन्फनी घुम्दै र चाँड्चाँडो उड्दै जाऊ ।’

    आमा थलिन्छिन् । गोत बुन आमाको उपचारको लागि दिनमा जमिनदारकोमा काम गर्ने र रातमा पूmल बेच्न थाल्छिन् ।

    ‘फूल किन्नोस् यी पूmलहरू र राता–राता यी पूmलहरू
    जसलाई बडो जतनले स्याहारसुसार गरें मैले
    आफ्नी बिरामी आमालाई ओखती पाउँला भनेर,
    पूmल किन्नोस्, यो पूmल तपाईले किनिदिए
    दुखिरहेको दिलमा पनि बसन्त आउनेछ ।’

    भन्दै गोत बुन निरन्तर फूल बेच्न हिंड्छिन् । तर कसैले उनको पूmल किन्दैन, किन्नै खोजे पनि झुत्रो र फोहोरी पोशाकका कारण हेलाहोचो गरी फर्कन्छन् । यद्यपि गोत बुन आफ्नो हृदयमा रगतको आँसु दबाउँदै आफ्नी आमालाई बचाउन रात—रातभर पूmल बेच्न हिंड्छिन् ।

    पूmल बेचेर पैसा जोहो गर्न नसकेपछि डाक्टरकोमा याचना गर्न पुग्छिन् उनी, तर कुनै अर्थ लाग्दैन । त्यो चिसो र उराठलाग्दो संसारलाई एक दिन पूmलको रहर जाग्नेमा, भूमिभरी पूmलैपूmल फुल्नेमा गोत बुनले आशा भने मारेकी छैनन् । गोत बुनलाई चोरीको बात लाग्छ, नखाएको विष लाग्छ, जमिनदारबाट जुलाहा भर्ती गर्ने अड्डामा बेच्ने धम्की आउँछ, आदेश दिइन्छ ।
    डाक्टरको हातबाट मध्यरातमा ओखती पाएकी गोत बुन चहकिलो जूनसँग मनमनै कुरा गर्दै छिट्छिटो घर दौडछिन् ः

    ‘ए जून र चहकिलो जुन
    तिमी नअस्ताऊ ल,
    तिमी अस्ताइसकेपछि
    मैले कसो गर्ने होला हँ ?’

    ओखती पाएर आमा निको हुने भयो भन्दै सुन हुई खुसी हुन्छिन्, आमा पनि खुसी हुन्छिन् । तर जब आमाले ऋण छिनोफानो गर्न छोरी बेचिएकी थाहा पाउँछिन् वेदनाको मूल फुट्छ । आमा, गोत बुन, सुन हुई एउटै अङ्गालोमा चिच्याउँदै रुन्छन् । आफ्नो जीवन सकिंदैछ र पनि ऋण चुक्ता गर्न नसकेर, ओखती किन्न नसकेर छोरी नै बेच्नुपर्ने स्थितिले आमाको मन रोएको त्यो हृदयविदारक दृश्यले पाठकको मुटु पीडाले नदुख्ला र !

    पीडा सहन नसकी आमाले प्राण त्याग्छिन्, गोत बुन बेचिन्छे । सुन हुई संसार देख्न सक्दिनन् ।

    गोत बुन दुष्टहरूको चङ्गुलबाट भाग्छिन् । सुन हुईलाई भेट्न फर्किन्छिन् । उनीहरूको एउटै आशा, उनीहरूका प्यारो दाइलाई भेट्न गोत बुन दृढ भइकन जान्छिन् र आउँछु भनी जिद्दी गरेकी बहिनीलाई सम्झाउँछिन् —

    ‘चिसो पानी परोस् वा हिउँको हुरी आओस् ,
    मेरो न्यानो मायाले तिमीलाई लपक्क बेर्नेछ
    टाढा–टाढा बतासको आवाज सुन्दा
    लौ मेरी दिदीले सम्झिछ भनी बुझ्नू ।’

    गोत बुन पर्वत् श्रृङ्खलाको कठिन बाटो छिचोल्दै अघि बढ्छिन् । दाजुको न्यास्रोले उनलाई अघिल्तिरको यात्रामा धकेल्छ, बहिनीको सुर्ताले उनलाई पछिल्तिर तानिरहन्छ । यद्यपि आकाश जस्तो विशाल र धर्ती जस्तो दृढ भई उनी लक्ष्यतर्फ हिंडिरहन्छिन् ।

    दाजुलाई राखिएको झ्यालखानामा आफ्नो दाजु मरेको खबर मिल्छ । उनको हृदय क्षतविक्षत र सम्झना हुन्छ, आशाको दियो निभ्छ । सुन हुईको मायाले पिरोल्छ । उता सुन हुई, डाँडोमा उभिएर दिदीलाई बोलाई रहन्छिन्–चाहे हिउँ परोस्, वर्षा होस् अथवा चिसो बतास, तिनी मिर्मिरे बिहान हुन नपाई डाँडामाथि जान्छिन् ।

    यहीबीच किम इल सङको क्रान्तिकारी सेनाको सदस्य भएर गोत बुनका दाजु घर फर्कन्छन् । तीन वर्ष अघि झ्यालखाना तोडेर गुमेको देश र माटो फर्काउन उनी क्रान्तिकारी सेनामा भर्ती भएका हुन्छन् । दरिद्रताले निलेको र दबाइएको गाउँको काँचुली फेर्ने उज्ज्वल दीप बनेर चोल योङ्ग फर्केका छन् , एक जना परिवर्तनको संवाहक बनी सत्ताले ‘अपराधी’ भनेको व्यक्ति आइपुगेको दृश्यले अपेरामा क्रान्तिको शंखघोष गरेको छ । चोल योङ्ग गाउँलेहरूलाई जमिनदारको अन्याय, अत्याचारविरुद्ध लड्न, सामन्तवादलाई निमिट्यान्न पार्न स·ठित गर्छन्ः

    ‘मानिसहरूको झाेंकको आगो सल्केको छ ।
    थिचिएका र दबिएकाहरू ज¥याक—जुरुक उठेका छन् ।
    क्रुद्ध भएका मानिस अपराधी संसारलाई ध्वस्त पार्न गर्जिएका छन् ।
    समुद्रको छाल झंै उर्लेका छन् ।’

    सामन्तवाद र उपनिवेशवादविरुद्ध सम्पूर्ण किसान, गाउँलेहरू क्रान्तिको बाटोमा आउँछन् । क्रान्तिका राता—राता पूmल ढकमक्क फुल्छन् । हिउँ, तुषारो र बतास केहीले पनि क्रान्तिको पूmल फुल्न रोक्न सक्दैन । बसन्तमा फुल्दैछन्, क्रान्तिकारी राता–राता पूmलहरू । सम्पूर्ण कामगरी खाने किसानहरूको मुटुमा आशाको सुन्दर कोपिलाहरू फुल्दैछन् ।

    सबै जना गाउँछन् —

    ‘हामी त्यस्ता पूmलका बीउ रोप्दैछौं
    जो हाम्रो तीन हजार रीको सुनौलो बगैंचाभरि
    छ्याछ्याप्ती फुल्नेछन् ।’

    यसरी अपेरामा उतिबेलाको कोरियाली समाजको वास्तविक चित्रणसँगै क्रान्ति अवश्यमभावी छ भन्ने सन्देश दिइएको छ । नेपाली समाजको उतिबेलाको परिस्थिति र यो अपेराको कथावस्तु धेरै मेल खान्छ भन्दा फरक नपर्ला । आजको पुँजीवादी समाजमा पनि कामगरी खाने वर्गमाथिको शोषण उही छ, रुपमात्र फेरिएको हो । सदावहार प्रकृतिको यो मर्मस्पर्शी, ओजपूर्ण शब्दयुक्त, सुन्दर लयबद्ध अपेराका अनुवादक खगेन्द्र संगौला हुन्

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै