• TOKHA LIVE

      TOKHA LIVE

    • १६ श्रावण २०८३, शनिबार १७:००

    ब्रड पिक हिमपहिरोमा नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन पुष्टि

    काठमाडौं, साउन १६ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पाकिस्तानस्थित ब्रड पिकमा आएको हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ। उनको कम्पनीले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै यो दुःखद् खबर सार्वजनिक गरेको हो।
    कम्पनीका अनुसार हिमपहिरोमा निम्सदाइसँगै उनका भरपर्दा आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ, युक्ता र निमा शेर्पाको पनि ज्यान गएको छ। दुर्घटनामा टोलीका अन्य केही सदस्यले समेत ज्यान गुमाएको कम्पनीले जनाएको छ।
    जारी वक्तव्यमा भनिएको छ, “आज हामी अत्यन्तै गहिरो दुःखका साथ ब्रड पिकमा आएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद् निधन भएको पुष्टि गर्दछौं। साथै, अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको छ।”
    कम्पनीले निम्सदाइसहित दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार, आफन्त र साथीभाइप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, यस कठिन घडीमा परिवारको गोपनीयताको सम्मान गर्न सबैसँग आग्रह पनि गरिएको छ।
    वक्तव्यमा निम्सदाइलाई विश्व पर्वतारोहण क्षेत्रका महान् आरोही, साहसी, विनम्र र दृढ नेतृत्वकर्ता भन्दै उनले आफ्ना असाधारण उपलब्धिभन्दा पनि ठूलो सपना देख्न, आफ्नै क्षमतामा विश्वास गर्न र सीमिततालाई चुनौती दिन लाखौं मानिसलाई प्रेरित गरेको उल्लेख गरिएको छ।
    त्यसैगरी, एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ र निम्सदाइ स्टोरलाई आजको उचाइमा पुर्‍याउन उनको दूरदृष्टि, नेतृत्व र अटल संकल्पको महत्वपूर्ण योगदान रहेको कम्पनीले स्मरण गरेको छ।
    उल्लेखनीय छ, बिहीबार बिहान ९:२० बजे ब्रड पिक क्षेत्रमा गएको हिमपहिरोपछि १० पर्वतारोही सम्पर्कविहीन भएका थिए। त्यसयता जारी खोज तथा उद्धार प्रयासपछि कम्पनीले निम्सदाइको निधन भएको औपचारिक पुष्टि गरेको हो।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै