• TOKHA LIVE

      TOKHA LIVE

    • १६ श्रावण २०८३, शनिबार १२:४२

    थाइल्यान्डमा टोखाकी खुशी जोशीको ऐतिहासिक सफलता, नेपाललाई रजत र कास्य पदक

    काठमाडौं, साउन १६। थाइल्यान्डको पटाया सिटीमा आयोजित ९औँ हिरोज तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिप २०२६ मा टोखा नगरकी प्रतिभाशाली खेलाडी खुशी जोशी ले ऐतिहासिक प्रदर्शन गर्दै नेपालका लागि एक रजत र एक कास्य पदक जित्न सफल भएकी छन्।
    प्रतियोगिताको हिजो सम्पन्न व्यक्तिगत पुम्से (Individual Poomsae) विधामा खुशीले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेकी थिइन्। त्यसपछि आज बिहान सम्पन्न ग्यरोगी (फाइटिङ) विधामा पनि शानदार खेल प्रदर्शन गर्दै कास्य पदक आफ्नो नाममा पारिन्।
    एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई पदक जित्दै खुशीले नेपाली तेक्वान्दोको क्षमता विश्वसामु उजागर गरेकी छन्।

    यो भन्दा पहिला जापानमा सन् २०२५ मा भएको वाता च्याम्पियनसिपमा दुई वटा मेडल ल्याउन सफळ भएको थियो।उनको यो उपलब्धिले टोखा नगर मात्र होइन, सम्पूर्ण नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा गौरवान्वित बनाएको छ।

    खुशी जोशीको यस ऐतिहासिक सफलताप्रति खेलकुद क्षेत्र, स्थानीयवासी तथा शुभेच्छुकहरूले हार्दिक बधाई व्यक्त गरेका छन्। साथै, आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अझ उत्कृष्ट सफलता हासिल गर्दै नेपालको नाम थप उँचो बनाउने विश्वास व्यक्त गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै