• TOKHA LIVE

      TOKHA LIVE

    • २५ श्रावण २०७७, आईतवार १०:३०

    जीवन एक यात्रा

    . बाबुराम घिमिरे PHD SCHOLAR

    टोखा लाइभ । मानिस जीवनमा अनेक कला लिएर जीवन बाँच्दछ | बाँच्ने क्रममा उसलाई गास, बास, कपास अर्थात दाना, नाना र छानाको आवश्यकता पर्दछ | यो आधारभूत आवश्यकता पुर्ती गरिसकेपछि, एकै छिनलाई भएपनि उ समय निकालेर फरक योजनाहरु बनाउछ | भोको पेटलाई खाना खानेबित्तिकै केही नयाँ सोचाइ र योजनाहरु आउँदछ | नयाँ लुगा लगाउने बित्तिकै मान्छे प्रफुल्लित हुन्छ, जुनसुकै उमेर समूह को भएपनि | नयाँ घर बन्ने बित्तिकै उ एक खालको निश्चिन्त हुन्छ | यतिमात्रै होइन, नयाँ डेरा सर्ने बित्तिकै पनि, एउटा नयाँ खाट किन्ने बित्तिकै पनि प्रफुल्लित हुन्छ |

    त्यतिमात्रै होइन भएकै सामानलाई हिजोभन्दा आज फरक किसिमले कोठाको सजावट गर्यो भने पनि छैन प्रफुल्लित हुने तरिकाहरु हुन् मान्छेको जीवनमा | प्रसङ्ग हो बदलिन चाहन्छ, ठाउँ बदल्न चाहन्छ मान्छे अनि म |
    शहरबासी भएको नाताले पछिल्लो समय मेरो व्यक्तिगत जीवनमा थपिएको एउटा विधा हो भ्रमण | भ्रमणका आफ्नै उद्देश्यहरु हुन्छन् | अहिले धेरै किताबहरु पढ्ने, धेरै कुरा सुन्ने भन्दा पनि, कुराहरुलाई आफ् नै आखाले देख्दा जतिको विश्वासिलो अरु केहि हुँदो रहेनछ भन्ने सिकेको छु | जीवनमा धेरै कमाइयो होला, धेरै गुमायो पनि होला, कमाउनु र गुमाउनु बीचको वचतनै जीवनको कमाइ हो, यो त केबल पैसाको कमाई | पढेर सर्टिफिकेट प्राप्त गरियो त्यसैको आधारमा धेरैलाई ज्ञान आर्जन गराइयो | तर हामीले प्रकृति पढ्न बाँकी छ भन्ने मेरो निष्कर्ष हो, भ्रमण नै निकास हो |

    किताब पढ्नु र प्रकृति पढ्नुमा धेरै फरक छ | किताब पढ्नु र व्यवहार पढ्नुमा धेरै फरक छ | अरुले कमाई दिनु र आफुले कमाउनुमा धेरै फरक छ | अरुले भनेको सुनेको भरमा हराउनु र आफ्नै पुगेर रमाउनुमा धेरै भर फरक छ | मिठो मिठो खाएर हामी बिस्तारामा सुतेर रमाउनु भन्दा खुट्टा दुख्ने गरि हिँडेर, जुकाले टोकेर, खुट्टा सुन्निने र आँखाभरी दृश्यहरु संकलन गरेर भावनाहरू लेखिरहँदा धेरै रमाइलो लाग्छ | त्योभन्दा पनि रमाइलो त यात्रा सकेको केही समयपछि सम्झी-सम्झी तिनका बारेमा केही हरफहरु सम्झी सम्झी लेख्नु झनै रमाइलो लाग्दछ | यही हो आजकलको मेरो दैनिकी !

    लेख्दा कल्पनामा डुब्नु भन्दा नि जीवनमा घटेका घटनाहरुलाई उतार्दा भावी पुस्तालाई यसले कुनै ज्ञान दिन्छ र एउटा ऐतिहासिक दस्तावेज बन्दछ भन्ने निश्चय गरेर कोर्दैछु |अहिले लाग्छ योभन्दा बिसौ वर्ष पहिला बाट कोर्न पाएको भए, धेरै दस्तावेज तयार भइसक्ने थियो | लाग्छ अझै पनि केही ढिला भएको छैन, किनकि अब केही वर्षपछि त आजको दिन पहिलाकै दिन हुनेछ ऐतिहासिक दिन हुनेछ, त्यसैले म लेख्दैछु |

    शुभचिन्तकहरुले भन्छन् बिना पैसाको कुरा लेखेर आँखा मन मस्तिष्क सबै दुखाएर, आफैंलाई हैरान बनाएर के पाउछस? एक किसिमले त्यो कुरा हो, तर मेरै जीवनमा घटेका घटनाहरु मैले नै बिर्सँदैछु, लेखिसकेको लेख फर्केर फेरि हेर्दा, फेरि दुविधा हुन्छ भने निष्कर्षमा पुग्नु भनेको त्यति सजिलो कुरा होइन | लिखित दस्तावेज जस्तो बोली यो कुरा विश्वमा केही पनि छैन | त्यसैले सम्पूर्ण मित्रहरुले सम्भव भएसम्म दस्तावेजीकरण गर्नुपर्छ हरेक कुरालाई ! यो नै वास्तविक कमाइ हो, यही नै पढाइ र प्रमाणपत्र हो |

    नेपालमा अहिलेसम्म ऐतिहासिक पुस्तक आधिकारिक पुस्तकहरू प्रकाशित र लिखित भएकै छैन भन्दा केहि फरक पर्दैन | जस्तै कलाकार अरनिको बारेमा ! उनको वास्तविक नामै के हो थाहा छैन | यहाँ कलाकार अरनिकोको कहीँ नेपाली इतिहासले खोजेर लेखेको छैन | चीनीया-तिब्बतीयन हरुले लेखिदिएको इतिहासमा, कलाकार अरनिको बारेमा पढ्दैछन् | १३औं शताब्दीको कुरा धेरै अगाडी कुरा पनि होइन | त्यो भन्दा अगाडिका कुरा कसरी पढ्ने? कहाँ खोजेर पढ्ने? प्राज्ञीकहरुले एक पटक सोच्ने कि? भृकुटीको बारेमा पनियही हालत हो! अनि कविता रचेर घोकेर मात्रै हुन्छ ? यही हो गौतम बुद्धको बारेमा, यही हो राम अयोध्याको बारेमा पनि !

    बाबुआमा कहिल्यै नदेखेकाले देख्न पाउँदा कस्तो होला ? बाबुआमा जन्मिएको हुर्किएको ठाउँ देख्दा कस्तो होला? पिता पुर्खा हरु, बाबु आमाहरु कहाँबाट कसरी आए? भन्दै भन्दै जाँदा आफ्नो पुस्ताहरु को उद्गम थलो पत्ता लगाउने कुराहरु अहिले तपाई हामीले कल्पना गरेजस्तो हुँदैन |कल्पना बाहिरको कुरा भेटिन्छ | अध्ययन गर्दा, अझै अझै गहिरिएर एक्लै एक्लै बसेर, तथ्यपरक भएर, अनुसन्धन गरि घुमेर हेर्दा, कसलाई विश्वास लाग्छ? आजका ब्राह्मणहरू तिब्बतियन कुल हुन् भनेर ! मैले योभन्दा अघिल्लो लेखमा नागराजाका सन्तान हामी भनेर लेखिसकेको छु | तिब्बतको भोटमा कुन धोती फेर्ने ब्राह्मण जन्मिएका थिए होलार पहिला? त्यसैले, इतिहास र भाषाका यस्ता विषयवस्तुहरुमा रस रहेछ ! यस्ता तथ्यहरु भ्रमण बाट मात्रै सम्भव हुँदोरहेछ | हामीले हालसम्म पढेको ठोस र बलियो इतिहास चिनीया यात्रीको डायरीबाट मात्र हो |
    २१असोज, २०७६ को दिन काठमाडौ बसपार्क बाट सुर्खेतको गाडी चढियो, म मेरी श्रीमती छोरी र छोरा चारैजना | श्रीमतीले अनेक तर्क बितर्क गर्दै थिइन् एउटै यात्रामा जानेकी, दुइटा गाडीमा? एकैचोटी लामो यात्रा, घर कसलाई जिम्मा लाउने, केगर्ने ? जसोतसो मिलाइयो र भोलिपल्ट १२ बजे सुर्खेत पुगीयो |सुर्खेत बसपार्क नजिकैको नौलो होटेलमा बास बस्ने निर्णय गरी, आफ्ना झोला सरसमानहरु त्यहीँ त्यहीँ थन्कियो दुइटा कोठा बुकिङ गरेर | क्रमशः

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै