“कहिल्यै चहलपहलले भरिएको नेवार बस्ती आज सुनसान बन्दै”
दार्खा धादिङ
/दार्खा धादिङ जिल्लाको एक ऐतिहासिक तथा प्राकृतिक रूपमा सुन्दर क्षेत्र हो। हाल यो क्षेत्र दार्खा अन्तर्गत पर्दछ र खनियाबास गाउँपालिका को महत्वपूर्ण बस्तीमध्ये एक मानिन्छ। शाक्य, बज्राचार्य, श्रेष्ठ, महर्जन र डंगोल समुदायको बाक्लो बसोबास रहेको उक्त नेवार बस्तीमा एक समय करिब १०० घरधुरी बसोबास गर्दथे। तर समयसँगै रोजगारी, शिक्षा र अवसरको खोजीमा युवापुस्ता काठमाडौं सहर तथा विदेशतर्फ पलायन भएपछि अहिले त्यहाँ करिब ७० घरधुरी मात्र स्थायी रूपमा बसोबास गरिरहेका छन्।
कहिल्यै जात्रा, पर्व र सामुदायिक गतिविधिले जीवन्त रहने बस्ती अहिले विस्तारै सुनसान बन्दै गएको स्थानीयहरू बताउँछन्। युवाहरूको अभावले परम्परागत संस्कृति, गुठी व्यवस्था तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्न समेत चुनौती थपिएको छ।धादिङ नेजावती डवजाेडढ गाउँपालिका वडा नम्बर ५ पूर्व गाउँपालिका अध्यक्ष दुर्गा कुमार शाक्य कटुञ्जे बजारमा जम्का भेटसँगै थोरै कुराकानीमा स्थानीय ज्येष्ठ नागरिकहरूका अनुसार बस्तीमा घरहरू भए पनि धेरैजसो बन्द अवस्थामा छन्। नयाँ पुस्ता गाउँ फर्किने सम्भावना कम हुँदै जाँदा ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको बस्तीको भविष्यप्रति चिन्ता बढ्न थालेको छ। “पहिले हरेक घरमा मानिसको चहलपहल हुन्थ्यो, अहिले धेरै घरमा ताला झुन्डिएको देखिन्छ,” एक स्थानीयले दुःखेसो पोखेका छन्।
यसरी बढ्दो शहरीकरण र वैदेशिक रोजगारीको प्रभावले परम्परागत नेवार बस्तीहरूको सामाजिक संरचना र सांस्कृतिक जीवनशैलीमा गहिरो परिवर्तन ल्याइरहेको देखिन्छ।