• TOKHA LIVE

      TOKHA LIVE

    • २२ असार २०८३, सोमबार ००:४३

    नेपाल प्रहरीको कमाण्डरमा दानबहादुर कार्की

     

    नविना श्रेष्ठ
    कार्तिक २७,२०८२

    नेपाल प्रहरीको कमाण्डमा आजबाट दानबहादुर कार्कीेले सम्हाल्दैछन् । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले कार्कीले नेपाल प्रहरीको कमाण्ड सम्हाल्न लागेका छन् ।

    कार्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त कार्की आज प्रहरी प्रधान कार्यालय गएर औपचारिक रुपमा जिम्मेवारी सम्हाले, गृहमन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि उनले पदभारग्रहण गर्नेछन् । २४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।

    डीआईजी हुँदा उहाँले लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका थिए । एसएसपीको जिम्मेवारीमा उहाँले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् ।
    कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ ।
    विदेशमा विभिन्न तालिम लिइसकेका उहाँ नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका भइसकेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर

    टोखा नगरपालिकामा आयो दमकल

  • छुटाउनुभयो कि? सबै