• TOKHA LIVE

      TOKHA LIVE

    • २२ असार २०८३, सोमबार ००:४९

    जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीका हुन्’ : पूर्वगृहमन्त्री लेखक

     

    पाटन (ललितपुर), २४ असोज ।
    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले “जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको माग हुन्” भन्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले गत भदौ २३ र २४ गतेको आन्दोलनलाई दबाउन सरकारले बल प्रयोग गर्ने नीति नलिएको स्पष्ट पार्नुभयो।

    सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता लेखकले भदौ २३ गतेको घटनासम्बन्धी छानबिनका लागि गठित आयोगले निष्पक्ष र पारदर्शी रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो।

    लेखकले भन्नुभयो,“जेनजी आन्दोलनमा उठाइएका विषय सुशासन र भ्रष्टाचार नियन्त्रणका माग हुन्, जुन सबै नेपालीको साझा चाहना हो। तर त्यस आन्दोलनमा घुसपैठ भई दुःखद घटना भयो, सरकारी र निजी संरचनामा आगजनी भयो, जुन पीडादायी छ।”

    उहाँका अनुसार, आफूले २३ गते नै गृहमन्त्रीको पदबाट राजीनामा गरिसकेको भए पनि २४ गतेको दुःखद घटना भएपछि त्यसको जिम्मेवारीबारे अनावश्यक भ्रम सिर्जना गरिएको छ।

    लेखकले अहिलेको परिस्थितिमा उत्तेजना र पूर्वाग्रहभन्दा पर रहेर राष्ट्रिय एकता र संवादको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।“२६ गतेका लागि पदाधिकारी बैठक तयारीमा छ, अहिले कांग्रेसमा मात्र होइन, देशभर संवाद र एकताको आवश्यकता छ। जेनजी पुस्ताले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्नुपर्ने समय यही हो,” उहाँले भनुभयो।

    Facebook Comments

    सम्बन्धित खवर

    टोखा नगरपालिकामा आयो दमकल

  • छुटाउनुभयो कि? सबै