उक्त कार्यक्रममा नेपाल संवत्को नयाँ क्यालेन्डर विमोचन गरिएको छ । टोखा कानुनी सेवाका राजकाजि डंगोले सो क्यालेन्डरको प्रायोजन गरेका थिए । नेवाः गुथि तोखाका उपाध्यक्ष सुर्यमान डंगोलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा भिंतुना शुभकामना र्यालिमा सहभागि संघसंस्था तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।
‘देशका जनताका ऋणमोचन पछि नेपाल देशकै नाममा संवत् स्थापना गर्ने शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्न तथा नेपाल संवतलाई नेपालको राष्ट्रिय संवत् घोषणा गराउन नेपाल संवतको आन्दोलनले सफलता प्राप्त गरिसकेको छ । सरकारी कामकाजमा नेपाल संवतलाई प्रयोगमा ल्याउने, नेपाली राष्ट्रियता सुहाउँदो संवतका सम्बन्धमा आवश्यक नीति बनाउन, देशका सम्पूर्ण जनजातिका सांस्कृतिक चाडपर्वलाई समानताको आधारमा सरकारी व्यवहार गराउने कार्यअन्ततः सफल भएको छ। यसकार्यमा पछिल्लो समय प्रत्यक्ष अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने पहलकर्मिहरुलाइ विशेष धन्यवाद दिदै नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा कार्यन्वयन भएको खुसीयालीमा यस वर्ष प्रमुख अतिथि वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनलाई आमन्त्रित गरि सम्मानित गर्ने १३ कार्तिकमा बसेको अघिल्लो बैठकले नेवाः गुथि टोखाले निर्णय गरेको थियो ।

देशकै नामबाट प्रचलनमा रहेको नेपालको एक मात्र मौलिक संवत नेपाल संवतको नयाँ वर्ष ११४४ विभिन्न कार्यक्रम गरी टोखामा मनाइएको हो । नेवाः गुथि टोखाको आयोजनामा नयाँ वर्षलाई भव्य स्वागत गरी नयाँ वर्षको खुसीयालीमा आज टोखामा मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्याली निकालिएको हो । टोखाको ससुख्य (सरस्वती चौर)मा भेला भई मौलिक बाजागाज र भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्याली टोखा नगर परिक्रमा पश्चात क्वनेलाछिमा पुगि सांस्कृतिक सभामा परिणत भएको हो ।कार्यक्रममा टाेखा नगरपालिका वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोल , टाेखा नगरपालिका पुर्व उपमेयर ज्ञानमाया डंगोल , पुर्व चण्डेश्वरी गाविस अध्यक्ष कसिनारायण श्रेष्ठ ,टाेखा सरस्वती उच्च माविका अध्यक्ष गजराज श्रेष्ठ ,टाेखा नगरपालिका वडा २ का पुर्व अध्यक्ष दिपक राज जोशी,पुर्व टाेखा सरस्वती गाविस अध्यक्ष बाबुलाल डंगोल ,टाेखा नगरपालिका वडा ३ का पुर्व अध्यक्ष सिहराज श्रेष्ठ , टाेखा वडा २ र ३ का सदस्यहरु,नेवाः गुथि टाेखाका पुर्वअध्यक्ष देवराज डंगोल, नेवाः गुथि टाेखाका अध्यक्ष रमेश नापित , गुथिका बरिस्ठ उपाध्यक्ष सुर्यमान डंगोल ,गुथिका उपाध्यक्ष रामलाल महर्जन , गुथिका महासचिव हेरकाजी डंगोल ,गुथिका सचिवद्वय प्रकाश डंगोल र निरन्जन डंगोल,टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ,सल्लाहकार मोतीलाल श्रेष्ठ,सल्लाहकार अष्टनारायण डंगोल,सल्लाहकार माइला डंगोल,गुथिका कानुनी सल्लाहकार सत्यनारायण डंगोल , सल्लाहकार हरिदास श्रेष्ठ, टाेखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल , टाेखाका मुल नायो हेमराज श्रेष्ठ,टाेखा कला पुच:का अध्यक्ष हरि बहादुर श्रेष्ठ , गजराज जोशी ट्रस्टका अध्यक्ष मनिष जोशी लगायत विभिन्न खल पुच सांस्कृतिककर्मीहरुको उपस्थिति रहेको थियोे ।न्हुदया भिन्तुना सांस्कृतिक कार्यक्रमको नेवाः गुथि टाेखा महासचिव हेराकाजी महर्जनले संचालन गरेका हुन् ।

