• TOKHA LIVE

      TOKHA LIVE

    • २२ असार २०८३, सोमबार ०१:०५

    कानुन मन्त्रालयको आयोजना तथा बागमती प्रदेश स्काउट कार्यालयको सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी एक दिने कार्यशाला सम्पन्न

    नविना श्रेष्ठ
    असार २२,२०८२

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा बागमती प्रदेश स्काउट कार्यालयको सहकार्यमा काठमाडौँ उपत्यकाका युवा स्काउटहरूलाई लक्षित गरी शनिबार एक दिने विपद् व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ।
    कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष भरतमणि पाण्डे प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। भने कार्यक्रम बागमती प्रदेश स्काउट कार्यालयका प्रमुख आयुक्त शिवकुमार त्वायनाको सभापतित्वमा सञ्चालन भएको थियो।
    कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय पूर्व सचिव रामगोपाल कर्माचार्य, प्रदेश सामुदायिक विकास आयुक्त धर्मभक्त मल्ल, विभिन्न पालिकाका स्थानीय आयुक्तज्यूहरू, रोभर र रेन्जर स्काउटहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
    उक्त कार्यशालामा विपद् व्यवस्थापन सम्बन्धी तालिम नेपाली सेना, शसस्त्र प्रहरी बल र स्काउटर राजेश गाईजुले प्रदान गर्नु भएको थियो।
    कार्यशालाले सहभागी युवा स्काउटहरूलाई विपद् पूर्वतयारी, विपद् प्रतिकार्य तथा उद्धार सम्बन्धी ज्ञान, सीप र व्यवहारिक अभ्यासमा दक्ष बनाउने उद्देश्य राखेको छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    टोखा नगरपालिकामा आयो दमकल

  • छुटाउनुभयो कि? सबै