उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई डिल्लीबजारबाट पक्राउ गरेको हो।उनले सामाजिक सञ्जाल फेसबूक, ह्वाट्स एप, इन्स्टाग्राम र भाइबरमा पेज बनाई विभिन्न महँगो ब्राण्डका आइफोन तथा मोबाइल सेटहरु विक्रीमा छ भनी पीडितहरुबाट ४ लाख ८५ हजार रुपैयाँ रकम लिएर अर्डर नदिएको प्रहरीको आरोप छ।