TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन November 12, 2026
  • नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी मनोनीत November 12, 2026
  • भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो November 12, 2026
  • एनपीएलः विराटनगरको तेस्रो जित,पोखरा आउट November 12, 2026
  • सम्वत् सम्बन्धी नीति खोइ ? November 8, 2026

पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति

  • Avatar photo

    TOKHA LIVE

  • May 10, 2023
पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

टाेखालाइभ डट कम/ बैशाख २७ ,२०८०

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँको रकम ठगी गरेको घटनामा जोडिएपछि आजै उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उहाँसँगै उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । हिजो पक्राउ परेकाहरूको हकमा भने चार दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज पक्राउ परेका खाँण र केसीको हकमा तीन दिन र अन्यको हकमा चार दिन म्याद थपको सिफारिससहित अदालतमा पेश गरिएको थियो । अदालतबाट माग भएबमोजिम नै म्याद थप भएको छ । उक्त घटनामा अहिलेसम्म प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । यसअघि हिजो मङ्गलबार काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ । सचिव पाण्डेलाई हाल निलम्बन गरिएको छ । उक्त घटनामा मुछिएका नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । उहाँलाई एमालेले आजै सचिवबाट निलम्बन पनि गरिसकेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् ।- (रासस)

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

November 12, 2026
नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी मनोनीत

नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी मनोनीत

November 12, 2026
भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

November 12, 2026
एनपीएलः विराटनगरको तेस्रो जित,पोखरा आउट

एनपीएलः विराटनगरको तेस्रो जित,पोखरा आउट

November 12, 2026
सम्वत् सम्बन्धी नीति खोइ ?

सम्वत् सम्बन्धी नीति खोइ ?

November 8, 2026
एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

November 8, 2026
  • छुटाउनुभयो कि? सबै
    साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

    साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

    नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी मनोनीत

    नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी मनोनीत

    भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

    भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

    एनपीएलः विराटनगरको तेस्रो जित,पोखरा आउट

    एनपीएलः विराटनगरको तेस्रो जित,पोखरा आउट


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol