• TOKHA LIVE

      TOKHA LIVE

    • २५ बैशाख २०८०, सोमबार २१:१९

    पत्रकारिताले राजनीति र समाजलाई सकारात्मक दिशामा डोर्याउँछ: बलायर

    टाेखालाइभ डट कम/ नविना श्रेष्ठ

    बैशाख २५,२०८० नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले समाज र राजनीतिलाई सही बाटोमा डोर्याउने दायित्व पत्रकारिताको भएको बताए। सोमबार दिपायलमा नेपाल प्रेस युनियन डोटी शाखाको भवन शिलान्यास गर्दै बलायरले यस्तो बताएका छन्। राजनीति र समाजलाई सही बाटोमा डोर्याउने पत्रकारको दायित्व हो,’ बलायरले भने, ‘जसले समाजले दुःख र अप्ठेरो नभोगोस्। समाज र मुलुकको भलाइका लागि पत्रकारिताले भूमिका खेल्नुपर्दछ।’ यस्तै पत्रकारिताको मर्यादा बचाउने दायित्व पनि पत्रकारकै हातमा रहेको बताए। पूर्वमन्त्री समेत रहेका बलायरले पत्रकारमा स्वाभाविक रुपमा सिद्धान्त हुने पनि बताए। ‘पत्रकारसँग सिद्धान्त हुन्छ। सिद्धान्तबिहीन पत्रकार पत्रकार होइन। तर त्यो सिद्धान्त कहाँ प्रयोग गर्ने भने विवेक पनि पत्रकारको हातमा हुने बताए।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै