TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन November 12, 2026
  • नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी मनोनीत November 12, 2026
  • भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो November 12, 2026
  • एनपीएलः विराटनगरको तेस्रो जित,पोखरा आउट November 12, 2026
  • सम्वत् सम्बन्धी नीति खोइ ? November 8, 2026

काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि’

  • Avatar photo

    TOKHA LIVE

  • May 8, 2023
काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि’
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

टाेखालाइभ डट कम/ बैशाख २५,२०८०

काठमाडौँमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि भएको बताउनुभएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज प्रहरीवृत्त दरबारमार्गले आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’मा उहाँले पछिल्लो समय काठमाडौँभित्र आर्थिक अपराधसम्बन्धी ‘चेक बाउन्स’का घटनामा उजुरी बढेको बताउनुभएको हो । “काठमाडौँमा दैनिक ‘चेक बाउन्स’ सम्बन्धी ३० देखि ३५ उजुरी प्रहरीकामा आउने गरेको छ, मासिक झण्डै एक हजारभन्दा बढी उजुरी आउँछन्, आर्थिक अपराधका घटनाबाट सजग हुनुपर्छ”, उहाँले भन्नुभयो । डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्नेको सङ्ख्यासमेत बढेको उहाँको भनाइ छ । काठमाडौँ प्रहरी प्रमुख कार्कीले रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन आचारसंहिता बनाएर लागू गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले काठमाडौँको ठमेल, चितवनको सौराहा र कास्कीको बैदाम क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्न विगतमा सरकारले योजना बनाएको भन्दै यस क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिका–२ का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले समाजमा हुने अपराध न्यूनीकरण गर्दै शान्त वडा निर्माणका लागि महानगरपालिकाले काम गरिरहेको बताउनुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्न व्यावसायिक आचारसंहिता बनाएर लागू गर्नुपर्ने बताउनुभयो । प्रहरीवृत्त दरबारमार्गका प्रमुख, प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रलाई समृद्ध बनाउन यस क्षेत्रभित्र देखिएको विकृति अन्त्य गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका सहभागीले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रको व्यवसायलाई व्यवस्थित गर्नुेपर्नेमा जोड दिनुभएको थियो ।- (रासस)

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

November 12, 2026
नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी मनोनीत

नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी मनोनीत

November 12, 2026
भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

November 12, 2026
एनपीएलः विराटनगरको तेस्रो जित,पोखरा आउट

एनपीएलः विराटनगरको तेस्रो जित,पोखरा आउट

November 12, 2026
सम्वत् सम्बन्धी नीति खोइ ?

सम्वत् सम्बन्धी नीति खोइ ?

November 8, 2026
एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

November 8, 2026
  • छुटाउनुभयो कि? सबै
    साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

    साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

    नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी मनोनीत

    नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी मनोनीत

    भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

    भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

    एनपीएलः विराटनगरको तेस्रो जित,पोखरा आउट

    एनपीएलः विराटनगरको तेस्रो जित,पोखरा आउट


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol