आजदेखि काठमाडौं महानगरपालिका भित्रका क्षेत्रको अव्यवस्थित तार काटने कार्य सुरु
टाेखालाइभ डट कम/ नविना श्रेष्ठ
बैशाख २५,२०८०/आजदेखि काठमाडौं महानगरपालिका भित्रका क्षेत्रको अव्यवस्थित तालहरू काटने कार्य सुरु भएको छ। महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका लागि महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो । गत आज बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजवाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति अनुसार आजबाट हटाउन लागिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएका छन्।