• TOKHA LIVE

    • २४ बैशाख २०८०, आईतवार ०५:४४

    बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा नौलिन भद्रकाली जात्रा शुरु

    टोखा लाइभ। २४ वैशाख २०८०

    काठमाडौँ,। प्रत्येक वर्ष बैशाख शुक्ल पुर्णिमाको अघिल्लो दिनबाट शुरु भई ६ दिनसम्म बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेल मा मनाईने नौलिन भद्रकाली जात्रा आज चौंथो भएको छ ।

    काठमाण्डौको पुरानोजात्रा मध्य एक हो नौलिन भद्रकाली जात्रा । काठमाण्डौँको तीन भद्रकाली मध्ये कान्छी भद्रकाली भनेर चिनिने बुढानिलकण्ठमा अवस्थित नौलिन भद्रकालीको जात्रा बुद्ध जयन्तिको अघिल्लो दिन बलि लिए पनि भोलिपल्ट बुद्ध जयन्ती परेकोले धार्मिक सहिष्णुता अनुसार त्यो दिन कुनै पनि बली नदिने गरेको पाइन्छ ।

    जात्राको पहिलो दिन भद्रकालीको मुर्तिलाई मन्दिरमा लगेर पञ्चबली दिई जात्राको शुरुवात गरिन्छ। दोस्रो दिनमा टुसालमा पुजाआजा गरि तेस्रो दिनमा टुपेकमा पुजा गरि खाली रथ (रति पोङ्ख’) लिएर नौलिङ्गेश्वरी मन्दिरमा लगरे रातभर मन्दिरमा छोडिने चलन रहेको छ।चौँथो दिनमा सोही मन्दिरमा सिन्दुर जात्रा गरि अन्तिम दिनमा मुर्ति भित्राइने चलन रहेको छ।

    सयौं वर्ष अगाडि ललितपुर र काठमाडौँ राज्यमा लडाई भईरहेको समयमा ललितपुरलाई काठमाडौंले जित्नको लागि राजा र तान्त्रिकको सल्लाहमा भद्रकाली माईलाई भारतबाट कलमा ल्याईएको थियो ।उक्त भद्रकाली माईले बच्चाको रुप धारण गरि राष्ट्रिय नाचघर अगाडिको पिपलबोटबाट खेतमा काम गर्न गएको किसानले बूढानीलकण्ठ वडा १३ चुनिखेल गाम्चा, हाल भद्रकाली मन्दिर रहेको स्थानमा राखि आफ्नो काम गर्नका लागि गएका थिए। काम सम्पन्न गरि फर्केर आउँदा सो बच्चा उक्त स्थानमा भेटिएन।खोजि गर्दा कतै नभेटिँदा उक्त किसानले खाजा खानका लागि लिएर गएका सबै खाजा हिरामोती माणिक्यहरुमा परिणत भएको थियो। उक्त वरदान प्राप्त भए पश्चात् किसानको पुकारले भद्रकाली माईले दर्शन दिएर सोही स्थानमा आसिन भएर बस्ने आज्ञा भएपछि किसान फर्किएको पौराणिक कथन रहेको छ।
    फोटो : प्रनिल महर्जन

    Facebook Comments

    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै