• TOKHA LIVE

    • २२ चैत्र २०७९, बुधबार २०:३०

    नेपाललाई सैन्य सहयोग गर्न तयार छौं : अमेरिकी राजदूत

    टोखा लाइभ। चैत २२, २०७९

    काठमाडौं–उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालस्थित अमेरिकी राजदूत डीआर थम्पसनले बुधबार भेटवार्ता गेका छन् । सिंहदरवारमा भएको भेटवार्तामा द्विपक्षीय हित र समसमायिक विषयवस्तुमा छलफल भएको छ ।

    राजदूत थम्पसनले नेपाल र अमेरिकाबीचको ‘ल्यान्ड फोर्स टक’ सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सहमति भएबमोजिम नेपाललाई हवाइसाधनलगायतका उपकरणहरू उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले नेपालको भौगोलिक अवस्थितिबारे जानकार भएको भन्दै सोहीअनुसार सैन्य सहयोग गर्नेसमेत बताएको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।

    ‘नेपालको भौगोलिक अवस्थिति र अवस्थाको बारेमा अमेरिकी पक्ष जानकार छ । नेपाली सेना एवं रक्षा मन्त्रालयको क्षमता विकासमा थप सहयोग उपलब्ध गराउन इच्छुक छौं,’ उनको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ ।

    रक्षामन्त्री खड्काले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भए देखि नै घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै नेपाली सेनाको पूर्वाधार विकास लगायत क्षमता विकासमा अमेरिकी सरकारले योगदान पु¥याएको बताए । उनले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि अमेरिकी सरकारको सहयोगको आवश्यकता रहेको पनि जोड दिए ।

    यसअघि राजदूत थम्पसनले उपपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै