• TOKHA LIVE

    • १७ चैत्र २०७९, शुक्रबार १९:४७

    मनिष र आयुषको गोलमा थ्री नेसन्स कपको उपाधि नेपाललाई

    टोखा लाइभ। १७ चैत २०७९

    काठमाडौं। नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि हात पारेको छ। फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि हात पारेको हो।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो हाफको ८९ मिनेटमा नेपालले निर्णायक गोल गरेको हो। पहिलो हाफमा एकरएकको बराबरी खेलेको लाओसमाथि नेपालले खेलको ८९ औँ मिनेटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो।

    फाइनल खेलमा लाओसका फोउचाङ भोङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। नेपालका लागि आयुष घलानले बराबरी गोल गरेका हुन्।
    खेलमा नेपालले त्यस बाहेक पनि गोलका थुप्रे अवसर सिर्जन गरेको थियो। पहिलो गोल गरेका आयुष खेलमा ३ पटक गोलका राम्रो अवसर खेर फालेका थिए।

    नेपाल घरेलु मैदानमा लाओसलाई हराएर उपाधि उचालेको छ। नेपालले उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको गरेको थियो।

    लाओसले भुटानलाई २–१ गोलले हराएर फाइनल यात्रा सहज बनाएको थियो। भुटान भने अन्तिम खेलमा नेपालसँग उत्कृष्ट प्रदर्शन गर्दै १–१ गोलको बराबरी खेल्दै बाहिरिएको थियो।

    नेपालले ५ हजार अमेरिकी डलर र लाओसले ३ हजार डलर पुरस्कार पाएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै