• TOKHA LIVE

    • १६ चैत्र २०७९, बिहीबार १७:२१

    आरजु गिरोहको हेपाइले पार्टीमा बस्न नसकेको भन्दै डा. स्वर्णिमले छाडे कांग्रेस

    टोखा लाइभ। १६ चैत्र २०७९

    काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् ।
    उनले कांग्रेस छोडेको सार्वजनिक घोषणा नगरे पनि कांग्रेस नेताहरुलाई पत्र लेखेर यसको जानकरी गराएका छन् ।

    कांग्रेसप्रति अपार सद्भावका बाबजुद देउवा-आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको वाग्लेको पत्रमा उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई तनहुँ–१ बाट उपचुनावमा उम्मेदवार बनाउने तयारी गरेको चर्चा पनि चलेको छ ।

    सोही क्षेत्रबाट निर्वाचित कांग्रेसका सांसद रामचन्द्र पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    मंसिर ४ मा भएको निर्वाचनमा कांग्रेसको घोषणापत्र तयारी समितिको सदस्य रहेका उनलाई महामन्त्री गगन थापाले चितवन वा काठमाडौं–४ बाट उठ्न सुझाव दिएका थिए । तर उनलाई उम्मेदवार बनाउन सभापति शेरबहादुर देउवाले नमानेको आरोपछ । उनको पत्रमा भनिएको छ,

    प्रिय दाइ,

    हजुरहरूको अपार सद्भावका बाबजुद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो।

    अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’ को प्रयोगमा जान चाहे। यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ ।

    काँग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

    स्वर्णिम

    Facebook Comments

    छुटाउनुभयो कि? सबै