टाेखालाइभ डट कम/नविना श्रेष्ठ
चैत्र १६ ,२०७९
काठमाडौं /सेतो मच्छिन्द्रनाथ जनबहाद्री:को रथयात्रा जमल तिनधारा पाठशालबाट सुरु भएको छ।
सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले बुधवार बेलुका ४ बजे मछिन्द्रबहालदेखि तिनधारा पाठशाला जमलसम्म खटयात्रा सुरु भएर ५ बजे देखि ६ः३० बजेसम्म असनसम्म रथयात्रा भएको हो।विहिवार १६ गते साँझ ५ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म रथ यात्रा गरिन्छ। शुक्रवार १७ गते ४ः३० बजे हनुमानढोका, चिकमुुगल, जैशीदेवल, ज्यावहाल हुँदै लगनसम्म रथयात्रा हुने समितिले जानकारी दिएको छ। चैत्र १८ गते शनिवार ५ः३० देखि ६ः३० सम्म लगन आमा रुख परिक्रममा गरिने जनाएको छ।

१९ गते आईतवार साँझ ५ः३० देखि ७ः३० सम्म लगन, ज्याहाबाल, द्यःलँ, यूतुुननि, कोहिती, भिमसेनस्थान, मरु, याट्खा, नरदेवी, किलागल, भेडासिंह, केलटोल हँदै मछिन्द्रबहालसम्म रथयात्रा हुने समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।तिनधारा पाठ्शाला निर्मित ३२ हाते लामो रथमा सेतो मच्छिन्द्रनाथको प्रतिस्थापन गरेपछिट घण्टाघर हुँदै असन चोक सम्म रथ लगिने छ । वर्षा र सहकालका देवताको रूपमा मानिने सेतो मच्छिन्द्रनाथलाई चैत शुक्ल अष्टमीको दिनबाट नगर परिक्रमा गराईने परम्परा रहिआएको छ।

असनमा राखिएको रथ राष्ट्रपतिबाट दर्शन गरेपछि सो दिन असनमै राखिन्छ र भोली पल्ट रथ तानेर असन, इन्द्रचोक, हनुमानढोकास्थि कालभैरव र कालभैरबाट लगनमा लगिन्छ।किम्वदन्तीअनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एकजना ज्यापुले खेत खन्दा फेला परेको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाएका थिए । त्यसपछि भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको हो । सोही परम्पराअुनसार जमलमै रथ बनाउने गरिएको हो।

रथलाइ लगनटोलमा रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर परिक्रमा गराइ रथयात्रा सम्पन्न भएपछि सेतो मच्छिन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रवहालस्थित मन्दिरमा नै राख्ने छ।सेतो मच्छिन्द्रनाथ श्वेत मत्स्येन्द्रनाथको रथ यात्रा सुरु भएसंगै नेपाल स्काउट, नेपाल प्रहरी, मछिन्द्र क्लबका स्वयंसेवक लगायत विभिन्न क्लबका स्वयंसेवकहरुले सर्भिस गरेको थियो।



