टोखा लाइभ। १२ चैत्र २०७९
काठमाडौं। सूर्य मीन राशीमा बस्ने अन्तिम दिन को भोलिपल्ट मेष संक्रान्तिका दिन अर्थात वैशाख १ गते हरेक वर्ष लाग्दै आएको श्री सपनतिर्थ मेलाको सम्पूर्ण तयारी तीव्र रुपमा भइरहेको छ ।
यही नव वर्ष २०८० वैशाख १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने धुमधामको बिस्का : जात्रा तथा मेलाको सम्पूर्ण तयारी पूरा हुंदै गरेको सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोलले जानकारी दिएका छन्।

देवराज अगाडी भन्छन्- “ सपनतिर्थ दर्शनका लागि पुगेका धार्मिक पर्यटकसमेत पछिल्लो समय चण्डेश्वरी स्थित कालिका मन्दिरमा पनि आउने जाने गरेका छन् । पाह्ा चरे जात्रा सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । दर्शनार्थी चढेका सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई समेत सकस हुने गरेको छ । हामीले यस वर्ष सपनतिर्थ मेलामा आउने दर्शनार्थीहरुको यातायातको गुनासो आउने गथ्र्यो त्यो समस्या समाधान गर्नको लागि यातायात व्यवसायीहरुसगँ कुरा गरिसकेका छौं । दर्शनार्थीको सुरक्षाको लागि टोखा प्रहरीसँग समन्वय भइसकेको छ । यस्तै
‘ दिनप्रतिदिन कालिका मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ।” कला, संस्कृति, स्थानीय उत्पादन र धार्मिक पर्यटन प्रवद्र्धनमा टोखाको बिस्का : जात्राले ठूलो टेवा पु¥याउँदै आएको देवराज डंगोलको भनाइ छ ।

आइतवार सपनतिर्थ मन्दिर परिसरमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष देवराजले सपनतिर्थ मेला भर्न आउने भक्तजनहरूको सुरक्षा अधिक सेवा र सुविधाको लागि पुलिस र स्काउट व्यवस्था गर्न लागेको जानकारी दिएका छन्।
पछिल्ला वर्षमा विभिन्न ठाउँमा व्यापारिक मेला आयोजना हुने गरेको भए पनि नेपालकै प्राचीन मेला मानिएको यो सपनतिर्थ मेलाको आफ्नै महत्व र इतिहास रहेको टोखा नगरपालिका मेयर प्रकाश अधिकारी बताउँछन् । मेयर अधिकारीले परापूर्व कालदेखि चल्दै आएको सपनतिर्थ मेलामा मन्दिरको रंग लगाउने जिम्मेवारी नगरपालिकाले लिने बताए ।
भक्तजनहरू यदि बिरामी भएको खण्डमा स्टेचरको व्यवस्थालगायत स्वयमसेवकहरुको व्यवस्था गरिने समाजसेवी गणेशमान श्रेष्ठले बताए।
भक्तजनहरूलाई टोखाको भख्य: मा मोटरसाईकल र बस पार्क गर्न दिने त्यही बाट सपनतिर्थ सम्म हिडन लगाउने र अशक्त र बूढापाकाहरूको लागि विशेष एम्बुलेन्स मार्फत सपनतिर्थको दर्शन गर्न लगिने र आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गर्ने, आवश्यक सरसहयोगका लागि टोखा स्काउट लगायत स्वयंसेवकहरू परिचालित गर्ने बताएका छन्।
सपनतिर्थ पुग्नका लागि पर्याप्त बसहरुको व्यवस्था गर्ने, प्रत्येक गाडीमा भाडादर समेत टाँसेर सेवा सुविधा दिने, सुरक्षाका लागि सपनतिर्थ परिसरभित्र विभिन्न स्थानमा सिसिटिभी क्यामेराको व्यवस्था मिलाउनुका साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा महाराजगंज प्रहरी र टोखा प्रहरी प्रभाग टोली परिचालन गरिने जानकारी दिइएको छ।
यस्तै भक्तजनहरुका लागि स्वास्थ्यकर्मीहरू सहितको प्राथमिक उपचार कक्ष राखि निःशुल्क रुपमा औषधोपचारको व्यवस्था गरिने, महिला भक्तजनहरूको लुगा फेर्नको लागि छुट्टै कोठाको व्यवस्था गर्ने , भक्तजनहरुको लागि निःशुल्क खानेपानी वितरण गरिने, कोभिडको जोखिमलाई मध्यनजर राख्दै मास्क वितरण गरिने अध्यक्ष देवराज डंगोलले जानकारी दिए।
कार्यक्रमाम बोल्दै महाराजगञ्ज महानगरीय प्रहरी बृत्तका प्रहरी नायव उपनिरिक्षक अंगुर जे.सि.ले आवश्यक सुरक्षा र जनशक्तिको माग बमोजिम आफुहरु शान्ति सुरक्षामा खट्न तत्मतयार रहेको बताए ।
टोखा संस्कृति क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले मेलाको मौका छोपेर मदिरा सेवन गरी मेला भक्न आउने तिर्थालुलाई अवरोध पु¥याउनेलाई आवश्यक कारवाही गर्ने र चोरी र पकेट मार्ने घट्ना घटने गरेको बताउँदै यसको निरुत्साहित तथा नियन्त्रण गर्नका लागि प्रहरी प्रशासनले डे्स र सिभिलमा प्रहरी खटाउनु पर्नेमा जोड् दिएका थिए ।
पत्रकार सम्मेलनमा टोखा प्रहरीका ईन्स्पेक्टर सुनील पनेरू, महाराजगञ्ज महानगरीय प्रहरी बृत्तका प्रहरी नायव उपनिरिक्षक अंगुर जे.सि.,समाजसेवी माइला डंगोल ,सत्य नरायण डंगोल टोखा नगरपालिका उप मेयर मुरारी तामांग, टोखा नगरपालिका वडा नं२ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, नेपाल प्रहरी महाराजगंजका समेत उपस्थिति रहेको थियो । कार्यक्रम हेरकाजी डंगोलले सन्चालन गर्नु भएको थियो । कार्यक्रममा भगवान केसीले आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न ब्यक्तिहरुले पनि मन्तब्य राख्नु भएको थियो ।
सपनतिर्थ मेलामा देश तथा विदेशबाट १ देखि २ लाखसम्म धार्मिक पर्यटक आउने सपनतिर्थ क्षेत्र विकास समितिले अपेक्षा लिएको छ। सपनतिर्थ मेला परापूर्वकालदेखि हाल सम्म चल्दै आइरहेको समुन्द्र सतह बाट २,७३२ मिटर सिफुचो (शिवपुरी ) चढन भक्तजनहरू चैत्र मसान्त देखि वैशाख १ गते, १ वर्ष ,१ महिना र १ दिनको मेला भर्न जीने गर्दछन। बुद्धको सम्झनामा बागद्ार नुहाउने मेला भरी भोलिपल्ट सपनतिर्थमा पुग्ने गर्दछन।सपनतिर्थ मन्दिर परिसरको गंगामुखी दूधमुखी खोलाको संगम स्थललाई थुनेर बनाईएको पोखरीमा स्नान गर्दा कुष्ठ तथा चिलाउनेजस्ता रोगहरुको पनि निराकरण हुने जनविश्वास छ।

