• TOKHA LIVE

    • १० चैत्र २०७९, शुक्रबार ०९:१०

    वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

     

    टोखा लाइभ। १० चैत्र २०७९

    काठमाडौं । वरिष्ठ सञ्चारकर्मी एवं रेडियो नेपालकी लोकप्रिय समाचारवाचक कृष्णा ताम्राकारको बिहीबार राति निधन भएको छ ।

    केही दिन यता निमोनियाको उपचारका लागि न्युरो अस्पतालमा भर्ना हुनु भएकी ८६ वर्षीया ताम्राकारको उपचारकै क्रममा निधन भएको हो ।

    रेडियो नेपालबाट सञ्चार जगतमा प्रवेश गर्नुभएकी ताम्राकार लोकप्रिय समाचारबाचक हुनुहुन्थ्यो ।

    आफ्नो पेशाका अन्तिम दिनहरुसम्म पनि सञ्चारकर्ममा सक्रिय हुनुहुन्थ्यो ।

    ईमेज एफएम ९७.९ मा उहाँले उज्यालो नामको कार्यक्रम सञ्चालन गरिरहनु भएको थियो ।

    विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय हुनुहुन्थ्यो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै