TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न November 16, 2026
  • जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल November 16, 2026
  • ‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित November 15, 2026
  • खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान November 14, 2026
  • एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए November 13, 2026

नागरिकमा उत्साह जगाउन भूमिका खेल्छु : नवनिर्वाचित राष्ट्रपति पौडेल

  • Avatar photo

    TOKHA LIVE

  • March 10, 2023
नागरिकमा उत्साह जगाउन भूमिका खेल्छु : नवनिर्वाचित राष्ट्रपति पौडेल
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

टाेखालाइभ डट कम/ २६ फागुन २०७९

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकमा उत्साह जगाउन राष्ट्राध्यक्षको हैसियतबाट आफूले भूमिका खेल्ने बताउनुभएको छ । काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा रहेको बिपी सङ्ग्रहालयमा आज बिपी कोइरालालगायतका नेताको शालिकमा माल्यार्पणपछि आयोजित कार्यक्रममा नवनिर्वाचित राष्ट्रपति पौडेलले जनतामा आशा र उत्साहको सञ्चार गरेर मुलुकमा नयाँ जागृति ल्याउनुपर्ने बताउनुभयो । नवनिर्वाचित राष्ट्रपति पौडेलले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राजनैतिक स्थायित्व र मुलुकको सुशासनमा सबैको ध्यान जान आवश्यक रहेको उहाँले सुनाउनुभयो । बिपी कोइराला लगायतका नेताप्रति सम्मान व्यक्त गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले जनताले प्राप्त गरेको अधिकारमाथि कसैले पनि खेलबाड गर्न नहुने र संविधानको संरक्षकको भूमिकामा रहेर आफूले त्यो भूमिका निर्वाह गर्ने बताउनुुभयो । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, देवानसिंह राई र योगेन्द्र शेरचनको शालिकमा उहाँले माल्यार्पण गर्नुका साथै जकरण्ड नामको वृक्षरोपण गर्नुभएको थियो । त्यस अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, वाग्मती प्रदेशसभा सदस्य विमल ठकुरीलगायत सङ्ग्रहालय समितिका पदाधिकारी र सदस्यले स्वागत गर्नुभएको थियो ।
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

November 16, 2026
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

November 16, 2026
‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

November 15, 2026
खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

November 14, 2026
एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

November 13, 2026
लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

November 13, 2026
  • छुटाउनुभयो कि? सबै
    उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

    उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

    जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

    जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

    ‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

    ‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

    खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

    खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol