• Sanu Raj Dangol

    • २७ फाल्गुन २०७९, शनिबार ०६:२०

    आश्विनी मानन्धरको किताब ‘पिरामिडमा पाण्डा’ सार्वजनिक, ललितकलामा चित्रकला प्रदर्शनी

    टाेखालाइभ डट कम/फागुन २७,२०७९

    काठमाडौं / बाल कलाकार आश्विनी मानन्धरको आकृति समेटिएको पिरामिडमा पाण्डा किताब शुक्रबार सार्वजनिक भएको छ। काठमाडौंको मैत्री स्कुलको कक्षा ३ मा अध्ययनरत छात्रा आश्विनीको चित्र र कथा रहेको किताब नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो। बाल कलाकार मानन्धरको सृजना रहेलो ‘पिरामिडमा पाण्डा”को प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्तम्छालीले आश्विनीको चित्रकला प्रदर्शनीसमेत उद्घाटन गरेका थिए।

    किताबको प्रमुख अतिथि प्रतिष्ठानका कुलपति नारदमणि हर्तम्छाली, विशिस्ट अतिथीहरु प्रतिष्ठानका उपकुलपति लालकाजि लामा, पूर्वकुलपति केके कर्माचार्य, बाल वाङ्मयका तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान, मैत्री स्कुलका प्रिन्सिपल ओजेस बज्राचार्य, कार्टुनिस्ट अबिन श्रेष्ठलगायतले सार्वजनिक गरेका हुन्। विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको किताब ‘पिरामिडमा पाण्डा’ इजिप्टको पिरामिडमा ग्रेटवालको पाण्डाको यात्रा र संघर्षको बारेमा कथाले भन्छ।प्रदर्शनीमा आश्विनीले कोरेका २१ वटा फ्रेम सहितका चित्रहरु राखिएका छन्। प्रदर्शनी आज शनिवारसम्म चल्ने छन् । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हर्तम्छाली, पूर्वकुलपति केके कर्माचार्य, बाल वाङ्मयका तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान, मैत्री स्कुलका प्रिन्सिपल ओजेस बज्राचार्य,वरिष्ठ कार्टुनिस्ट अबिन श्रेष्ठ लगायतले बाल कलाकार आश्विनी मानन्धरको किताबको चर्चा गर्दै सानो उमेरमा अहिलेको बिकराल मोबाइल , ग्याजेट्स् मा नलागी चित्रकला सिर्जना गरेर समाज, साथिभाइ,स्कुल र अभिभावकहरुलाई अभिप्रेरित गरेको भन्दै हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

    आश्विनी मानन्धर चर्चित कार्टुनिस्ट रविन्द्र मानन्धरका छोरी हुन्।कार्टुनिस्ट रविन्द्र मानन्धरको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न वक्ताले बालबालिकाको खुबीलाई लिएर ललितकलामा बाल विभाग गठन गर्न सकिने विषयमा छलफल हुनुपर्ने बताएका थिए। बाल कलाकार अश्विनी मानन्धरले यश अघि राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४६औ जन्मजयन्तीको अवसरमा नेपाल बाल साहित्य समाजका तर्फबाट जयपृथ्वीबहादुर बाल प्रतिभा पुरस्कार (कलातर्फको) २०७८ समेत प्राप्त गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै