• TOKHA LIVE

    • २३ फाल्गुन २०७९, मंगलवार १६:२१

    द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

    टोखा लाइभ।२३ फाल्गुण २०७९

    काठमाडौं । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहित २८ जनाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।

    उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरेर आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन अन्तरिम आदेशको माग गरेका छन्।

    सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई ०७९ Wo-९४७ नम्बरमा दर्ता गरेको हो। रिट दर्ता भएपछि सर्वोच्च अदालतले विहीवारलाई पेसीसमेत तोकिदिएको छ।

    रिट निवेदनमा प्रधानमन्त्री प्रचण्डले गत २०७६/१०/०१ गत पाँच हजार व्यक्ति मारेको भन्ने साविति बयान निम्न तर्क, आधार र कानुनले गैरकानुनी भएकोले प्रचण्डलाई तत्काल प्रचलित कानुन बमोजिम पक्राउ गरी सजाय गर्नुपर्ने माग गरिएको छ।

    शुक्रबार न्यायाधीशहरू ईश्वर खतिवडा र हरि फुयालको इजलासले दर्ता गर्न आदेश दिएको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै