• TOKHA LIVE

    • २१ फाल्गुन २०७९, आईतवार १७:१६

    वामपन्थी शक्ति एकजुट हुन एमाले महासचिव पोखरेलको आह्वान

    टाेखालाइभ डट कम/२१ फागुन २०७९

    नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेभन्दा बाहिर रहेका सवै वामपन्थीलाई एकजुट हुन आह्वान गर्नुभएको छ । २४औँ यदु स्मृति दिवस तथा २१आँै यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उहाँले वामपन्थी आन्दोलनले देशको स्वाधिनताको रक्षा, विकास र समृद्धिको नेतृत्व, सामाजिक न्याय र जनताका लागि सुरक्षित भविष्य निर्माण गर्ने सक्ने भएकोले वामपन्थी एकजुट हुन आह्वान गर्नुभयो । यदु स्मृति प्रतिष्ठानले आज आयोजना गरेको पुरस्कार वितरण समारोहमा उहाँले “सहिदको बलिदानलाई सम्झना गर्दै सङ्कटबाट मुलुकलाई जोगाउनका लागि फेरि पनि देशभक्त, लोकतान्त्रिक शक्तिहरु, सामाजिक न्यायका पक्षधर शक्तिहरु धुव्रीकृत हुन जरुरी छ,” उहाँले भन्नुभयो, “विगतमा हामीले नेताको टाउको जोडेर कम्युनिष्ट आन्दोलनलाई बलिायो बनाउने प्रयास ग¥यौ तर असफल भए अब हामी कार्यकर्ताका भावना जोड्न चाहान्छाँै ।” महासचिव पोखरेलले देश बनाउनका लागि देशभक्ति आन्दोलन, परिवर्तन सामाजिक न्यायका पक्षमा विश्वास गर्ने, बलियो राष्ट्रिय शक्ति निर्माण गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले गलत मान्यताविरुद्धसबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो । नेपालको मौलिक संस्कृतिलाई तहसनहस पार्न थालेको भन्दै त्यस खालको चुनौतीलाई सामना गर्न जसके नेपालको समृद्धि असुरक्षित हुने उहाँले दाबी गर्नुभयो ।  उक्त अवसरमा महासचिव पोरखेलले गोरखापत्र दैनिकका पत्रकार लोकबहादुर चौधरी (लक्की)लाई यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि रु २० हजारको छ। चौधरीले पुरस्कार ग्रहण गर्दै आफूलाई थप जिम्मेवार बनाएको बताउनुभयो ।यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष यदु स्मृति दिवसको अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ । तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव युद गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा विसं २०५५ फागुन २१ मा हत्या गरिएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै