• TOKHA LIVE

    • २१ फाल्गुन २०७९, आईतवार १९:२६

    नेपालभाषाका साहित्यकार अपर्णा प्रधान सम्मानित

    टाेखालाइभ डट कम/२१ फागुन २०७९

    मातृभाषा साहित्य प्रतिष्ठानले नेपालभाषाका साहित्यकार अपर्णा प्रधानलाई सम्मानित गरेको छ । प्रतिष्ठानले २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भमा काठमाण्डौमा गरेको कार्यक्रममा प्रधानलाई सम्मान गरेको हो। प्रतिष्ठानका अध्यक्ष साहित्यकार सुलोचना मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, भाषा आयोगका सदस्य अमृत योन्जन तामाङले २५ हजार राशिसहित प्रधानलाई सम्मान गरेको हो। ६ महिनासम्म कोमामा परेर उपचार पछि पुनः जीवन प्राप्त गर्नु भएकी ७६ वर्षिया प्रधानका कथा, लघुकथा, निवन्ध, उपन्यास, समालोचना, आत्मवृतान्त लगायत साहित्यका विविध विधामा २९ कृति नेपाली, नेपालभाषा र अंग्रेजीमा प्रकाशित छन् ।

    कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, पत्रकार सिल्भिया राजोपाध्याय् लगायतले प्रधानको साहित्यिक योगदानको चर्चा गर्दै राज्यले अपर्णा प्रधानजस्ता मातृभाषाका श्रष्टाहरूको योगदानलाई कदर गर्नुपर्नेमा जोड दिनु भएको थियो। प्रधानको नेपाल भाषामा प्रकाशित जि व जिगु ईको अंग्रेजी अनुवाद टाइम अफ माई लाइफको अनुवाद पत्रकार सिल्भिया राजोपाध्याय्ले गर्नु भएको छ भने उक्त कृतिमा मृत्युलाई जितेर फर्केकी प्रधानको संघर्षको जीवनकथा समावेश गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै