• TOKHA LIVE

    • १७ फाल्गुन २०७९, बुधबार २१:२८

    रास्वपाको चुनाव चिह्न फेरियो

    टाेखालाइभ डट कम/फागुन १७ ,२०७९

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो । रवि लामिछाने नेतृत्वको रास्वपाले गत मङ्सिर ४ गतेको निर्वाचनमा गोलो घेराभित्रको घण्टी चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिएको थियो । रास्वपाका प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले पार्टीले निर्वाचन आयोगमा पेस गरेको पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिह्नसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेस गरेको संशोधन प्रस्तावलाई निर्वाचन आयोगका बैठकले स्वीकृत गरेसँगै चुनाव चिह्न ‘घण्टी’ कायम भएको जानकारी दिनुभयो ।प्रतिनिधिसभामा मात्र उम्मेदवारी दिएको रास्वपाले प्रतक्ष्यमा ७ सिट र समानुपातिकमा १३ सिट ल्याएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै