टोखा लाइभ। २०७९ फागुन १५ गते ।
व्यावहारिक र सैद्धान्तिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ २०७० सालमा स्थापना भएको एन्जल्स पाराडाइज स्कुलले आफ्नो ९ औँ वार्षिक उत्वस तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।

टोखा नगरपालिका-३, टोखामा रहेको विद्यालयले टोखा नगरपालिका उप-प्रमुख मुरारी तामांग , हास्य कलाकार किरण के. सी विद्यालयका प्रिन्सिपल, बुद्धिजिवी, शिक्षा प्रेमी तथा अभिभावकको उपस्थितिमा शनिबार विद्यालय प्रांगणमै अभिभावक दिवस सम्पन्न गरेको छ।

निजि बिद्यालयहरुले यसरी विभिन्न कार्यक्रमहरुको आयोजना गरेर बिद्यार्थीमा भएको प्रतिभाको प्रस्फुटन गर्ने वातावरण प्रदान गरेको प्रति शिक्षा शाखा प्रतिनिधि खगेन्द्र सिंह धामीले खुलेर प्रशंसा गरेका थिए।

हास्य कलाकार किरण के. सी ले स्कुलका शैक्षिक क्रियाकलाप जीवनोपयोगी र गुणस्तरीय रहेकाले अझ उत्तरोतर प्रगतिको कामना गरेका थिए।
कार्यक्रममा बोल्ने वक्ताले समयको माग अनुसार शिक्षामा परिमार्जन गरी उत्कृष्ट जनशक्ती उत्पादन गर्ने गरी विद्यार्थीलाई अध्ययन गराउन सुझाव दिएका छन् ।
समाजलाई कस्तो बनाउने भन्ने प्रमुख हात शिक्षाको भएकाले अन्तर्राष्ट्रिय बजारमा बिक्ने खालको शैक्षिक जनशक्ती उत्पादन गर्नुको विकल्प नभएको बताए ।

शिक्षालाई व्यवशारिक र बैज्ञानिक बनाउनु पर्ने र तयसका लागि अधिकांस समय विद्यार्थी घरमै हुने भएकाले आफ्नो सन्ततिलाई कस्तो बनाउने भन्ने विषयमा अभिभावक तथा बुवाआमाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
अहिलेको प्रवृधिको युगमा विद्यालयको मात्र भर पर्न नहुने र विद्यार्थीलाई घरबाटै राम्रो संस्कार सिकाउनु पर्ने उनीहरुले बताए ।

विद्यालयका प्रिन्सिपल रामकृष्ण डंगोलले जीवन उपयोगी शिक्षा आजको आवश्यक्ता भएकाले पाराडाइज स्कुलले जीवन उपयोगी तथा व्यवहारिक शिक्षामा विद्यार्थीलाई केन्द्रित गरेको बताए । उनले विद्यार्थीलाई सही प्रकारको संस्कार दिएर अनुशासित बनाउनका लागि प्रयोगआत्मक शिक्षालाई बढी जोड दिइएको बताउंदै स्कुलका लागि अभिभावकहरुको साथसहयोगका साथै सुझाव सल्लाह आवश्यक पर्नेमा जोड दिए ।
वार्षिक उत्सवको अवसरमा विद्यार्थीले विभिन्न विद्यागत सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नुका साथै विभिन्न संस्कार, संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

२०७० सालमा ७ जना विद्यार्थीबाट कक्षाहरु सुरु गरेको यस विद्यालयलका प्रिन्सिपल रामकृष्ण डंगोलले अहिले नर्सरी देखि कक्षा ६ सम्म ४०० जना छात्राछात्र अध्ययन गराउदै आएको छ । शैक्षिक कार्यकम अन्तर्गत आगामी २०८० मा कक्षा ७ सम्म अध्यापन गराउंदै विस्तारै १० कक्षा सम्म सन्चालन गरिने प्रिन्सिपल रामकृष्ण डंगोलले जानकारी दिए। स्कुलले वार्षिक उत्सवको अवसरमा विभिन्न क्षेत्रमा वा विद्यामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी सम्मान तथा पुरस्कृत गरेको थियो ।







