• TOKHA LIVE

    • १५ फाल्गुन २०७९, सोमबार ०६:४०

    फागुन मसान्त भित्र मोटरसाइकलको कर बुझाएमा ५ बर्षको जरिवाना छुट

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ

    फाल्गुन १५  ,२०७९

    फागुन मसान्त भित्र मोटरसाइकलको कर बुझाएमा ५ बर्षको जरिवाना छुट गरेको छ। आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट हुने भएको छ । बिहीबार एक सूचना प्रकाशित गरि यातायात व्यवस्था कार्यालय मोटरसाइकल, काठमाडौंले यस्तो जानकारी दिएका थिए। कार्यालयले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ । भने प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लगतकट्टा गर्न पनि विभागले बताएको छ। सवारी साधन कर नतिरेमा सरकारी बक्यौता सरह असुलउपर गरिने र त्यसका लागि स्थानीय तहहरूसँग समन्वयसमेत गरिएको कार्यालयले बताएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै