• TOKHA LIVE

    • १४ फाल्गुन २०७९, आईतवार १६:१०

    भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा

    टोखा लाइभ। १४ फाल्गुण २०७९

    भारतको केरलामा जारी २५ औ विश्व फुटभली प्रतियोगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    वेष्ट अफ थ्रि को सेटमा भएको खेलमा पहिलो सेट नेपालले भारतलाई १५-९ ले दोस्रो सेटमा भारतले १४-१६ ले सेट गुमाए पनि तेस्रो सेटमा नेपालले १६-१० ले भारतले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।९ राष्ट्र सहभागी यस प्रतियोगिता मा नेपालले सेमिफाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्नेछ ।

    खेलाडीको साथमा फुटभलि सघ इण्डियाको निमन्त्रणामा नेपालको तर्फबाट टोखा नगरप्रमुख प्रकाश अधिकारी विश्व च्याम्पियनसिप प्रतियोगितामा अतिथिका रुपमा सहभागी रहेका छन । उनलाई केराला कर्पोरेसनकी प्रमुख मेयर डा.विना फिलिपले स्वागत गरेकी थिइन । प्रशिक्षक राजुुविक्रम थापाको प्रशिक्षणमा रहेको नेपाली टोलीको हेड अफ डेलिगशनका रुपमा नेतृत्व गर्दैन फुटभली सघका पुर्व अध्यक्ष मनिष जोशीको सहितको ७ सदस्यीय टोली केरलामा रहनु भएको सघका निवर्तमान महासचिव बद्री भट्टराईले बताएका छन।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै