टाेखालाइभ डट कम/नविना श्रेष्ठ
फागुन १३,२०७९
ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिजो हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर क्षेत्रमा हिजो साँझ देखी सामान्य हिउँपात भएको छ। यस बर्ष पहिलो पटक पाथिभरा क्षेत्रमा सामान्य हिउपात भएको हो । विगतका वर्षमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङ्गोलासहितका क्षेत्रमा फागुनको मध्य हुन लाग्दासम्म पनि हिमपात र वर्षा नभएता पनि हिजो साँझवाट भने बल्ल सामान्य हिउपात भएको स्थानिय रामचन्द्र घिमिरेले जानकारी दिए । उता सदरमुकाम फुङलिङसहित केही ठाउँमा वर्षा भएकाले किसानलाई सामान्य राहत मिलेको उनको भनाई छ । यस वर्ष हिउँद लागेयता हिमपात र वर्षा नहुँदा हिउँदे बालीनाली फस्टाउन नसकेकाले गहुँ, मकै, तोरीलगायत बालीनाली नफस्टाउने चिन्तामा परेका किसानहरुले बताउँदै आएका थिए । हिजो परेको हिमपात र वर्षाको कारणले किसानहरु खुशी भएका छन्।

