• TOKHA LIVE

    • ९ फाल्गुन २०७९, मंगलवार ०५:०५

    ६ महिनामा नेपालबाट १९१ जना विदेशी निष्काशित, १२ जना अमेरिकी

    टोखा लाइभ। ९ फाल्गुण २०७९

    काठमाडौं । नेपालबाट ६ महिनाको अवधिमा १९१ जना विदेशी नागरिक निष्काशनमा परेका छन् । ७ अध्यागमन विभागका अनुसार ३९ वटा मुलुकका ती नागरिक नेपालबाट निष्काशनमा परेका हुन् ।

    नेपालमा आपराधिक क्रियाकलापमा संलग्न भएका, कारवाहीमा परेका, भिसा अवधि समाप्त भएका लगायत विदेशीहरु निष्काशनमा परेका हुन् । निष्काशनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । यस अवधिमा ८५ जना चिनियाँ नागरिक निष्काशनमा परेका छन् । दोस्रो स्थानमा अमेरिकी र बेलायती नागरिक छन् ।

    नेपालबाट १२–१२ जना बेलायती र अमेरिकी नागरिक यस अवधिमा निष्काशनमा परेको विभागको तथ्यांक छ । युक्रेन र रसियाका १ र १ जना नागरिक समेत नेपालबाट निष्काशनमा परेको विभागको तथ्यांक छ । पाकिस्तानका १०, उज्जेकिस्तानका ९, कोरिया र श्रीलंकाका ६ र ६ जना नागरिक निष्काशनमा परेको विभागले जनाएको छ ।

    बंगलादेश, अष्ट्रेलिया, फ्रान्सका ४ र ४ जनालाई नेपालबाट निष्काशित गरिएको छ । यस अवधिमा रोमानिया, फिलिपिन्स, म्यानमार, नर्वे, केन्या, इटाली, इजरायल, इरान, इण्डोनेसिया, ग्वाटेमाला, कोलम्बिया, ब्राजिल, भुटानसहितका नागरिक निष्काशनमा परेको विभागको आंकडामा उल्लेख छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै