Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
काठमाडौं महानगरपालिकाभित्र घर भाडामा दिने व्यक्तिले अनिवार्य रुपमा लिखित सम्झौता गर्नुपर्ने भएको छ। भने महानगरपालिकाले स्थानीय राजपत्र प्रकाशित गर्दै घरधनी र भाडा (बहाल) मा बस्ने बीच अनिवार्य लिखित सम्झौता गर्नुपर्ने व्यवस्था गरेका छन्।काठमाडौं महानगरपालिका घरबहाल व्यवस्था निर्देशिका-२०७९ बमोजिम भवन तथा भवनको कुनै भाग वा घरजग्गा वा जग्गा बहालमा दिने व्यक्तिले लिखित सम्झौता गर्नुपर्नेछ। बहाल सम्झौतामा घर, जग्गा बहालमा लिने र दिने पक्षहरुको पूरा नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र, मोबाइल नम्बर उल्लेख हुनुपर्ने छ। विदेशी नागरिक भएमा राहदानी वा परिचय खुल्ने प्रमाणपत्र, इमेल ठेगाना, करदाता संकेत नम्बर समेत उल्लेख गरिएको हुनुपर्नेछ।
बहालमा लिने प्रयोजन, बहाल सुरु हुने मिति, बहाल अवधि, मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सो समेत उल्लेख गर्नुपर्नेछ। बहाल रकम बुझाउने समय र प्रक्रिया बिजुली, खानेपानी, टेलिफोन, फोहोरमैला, व्यवस्थापन आदिको महसुल बुझाउने दायित्व समेत उल्लेख गर्नुपर्ने, संरचना निर्माण, आंशिक निर्माण वा हेरफेर गर्न पाउने/नपाउने भन्ने विषय समेत उल्लेख हुनुपर्नेछ। सम्झौताविपरीत घर वा जग्गाको प्रयोग गरेमा क्षतिपूर्तिसम्बन्धी व्यवस्था, बहाल छाड्ने वा हटाउनेसम्बन्धी व्यवस्था समेत उल्लेख हुनुपर्ने छ। घर बहालको अवधि सामान्यततया ५ वर्षमा नबढाइ सम्झौतामा उल्लेख गर्नुपर्नेछ। घर बहाल दिने व्यक्तिको र लिने व्यक्तिको दायित्वहरु समेत तोकिएको छ। दिने व्यक्तिले सम्झौतमा उल्लेख भए बमोजिम भवन वा भवनको एकाइ वा लगापात (परिसर) उपयोग गर्न दिनुपर्नेछ। सम्झौतामा अन्यथा उल्लेख नभएको अवस्थामा बाहेक बहालमा दिएको घरमा उपल्ध भएसम्म पानी तथा बिजुलीको आपूर्ति, शौचालय सुविधा दिनुपर्नेछ। बहालमा बस्ने व्यक्तिसँग सम्मानजनक व्यवहार गर्नुपर्नेछ। घर बहालमा लिने व्यक्तिले निर्धारित समयमा बहालको रकम भुक्तानी गर्नुपर्ने, आफ्नो घर सरहमानी सरसफाइ हेरचाह संरक्षण तथा सुरक्षा गर्नुपर्नेछ। घरधनी अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति हैरानी वा असुरक्षा हुने जस्ता काम गर्न पाइने छैन। हरेक महिना समाप्त भएपछि एक हप्ताभित्र बहालमा दिनलाई अघिल्लो महिनाको मासिक बहाल बुझाउनुपर्नेछ। घर-बहाल-व्यवस्था घर बहालमा दिने व्यक्तिले बहालमा दिएको मितिले सात दिनभित्र वडा कार्यालयमा विवरण पेस गर्नुपर्नेछ। घर बहालमा नभएपनि महानगरपालिकालाई विवरण पेस गर्नुपर्नेछ। घर खाली रहेमा, बहाल छाडेमा, घर आफैंलाई आवश्यक परी खाली गराइएमा वा खाली भएमा वा जुनसुकै कारण घर खाली भएमा वडा कार्यालयलाई जानकारी गराउनुपर्ने महानगरले जनाएको छ।

