• TOKHA LIVE

    • ५ फाल्गुन २०७९, शुक्रबार २०:५०

    अनेरास्ववियुको अध्यक्षमा समिक बडाल

    टोखालाइभ डट कम/फाल्गुण , २०७

    नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ ।२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहीबार राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी हुनुभएको हो । बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत पाउनुभयो । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाउनु भएको छ । यस्तै उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत), नारायण घर्ती (७५१), मर्यादा विष्ट (६७५) र धर्म गिरी (५०१ मत) निर्वाचित हुनुभएको छ । महासचिव नरेश रोकाया सात सय ३३ मत प्राप्त गरी विजय हुनुभएको छ । यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित हुनुभएको छ ।सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि बिहीबार राति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै