• TOKHA LIVE

    • ५ फाल्गुन २०७९, शुक्रबार २०:२२

    इञ्जा फोटो पत्रकारिता पुरस्कार श्रेष्ठद्वयलाई

    टोखालाइभ डट कम/फाल्गुण , २०७

    नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षदेखि सुरु गरेको इञ्जा फोटो पत्रकारिता पुरस्कार दुई जना फोटो पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । फोटो पत्रकारिताको माध्यमद्वारा नेपाली समाज तथा आम नागरिकलाई सुसूचित गराउँदै आउनुभएका वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ र सुरेशकुमार श्रेष्ठ (सुरज श्रेष्ठ)लाई यस वर्षको उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको इन्जा ग्लोबलले निर्णय गरेको छ ।उहाँहरूले उक्त पुरस्कार इन्जा दिवस मार्च १ अर्थात् फागुन १७ गते प्रदान गरिने इन्जा ग्लोबलका सचिव दीपक रिजालले जानकारी दिनुभयो ।

    विसं २०५२ देखि नेपाल समाचारपत्रबाट फोटो पत्रकारिता सुरु गर्नुभएका नरेन्द्र श्रेष्ठले कान्तिपुर पब्लिकेसन, लस एन्जलस टाइम्स, न्यूयोर्क टाइम्स, टाइम्स म्यागजिन, गार्डियन डेली, टेलिग्राफ युके, इन्डिपेन्डेन्ट युके, फाइनान्सियल टाइम्स, वालस्ट्रिट जर्नल, द टाइम्स लण्डन, डाइ वेल्ट, नेशनल ज्योग्राफी, वाशिङ्गटन पोष्टलगायतका सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ । अर्का फोटो पत्रकार श्रेष्ठले पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आउनुभएको छ । विसं २०६२ बाट फोटो पत्रकारितमा संलग्न श्रेष्ठ विभिन्न सामाजिक सङ्घसंस्थामा समेत आबद्ध रहेर सामाजिक क्षेत्रमा समेत आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । पुरस्कारको राशि जनही रु ५० हजार छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै