TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न November 16, 2026
  • जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल November 16, 2026
  • ‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित November 15, 2026
  • खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान November 14, 2026
  • एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए November 13, 2026

व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न चेम्बरको माग

  • Avatar photo

    TOKHA LIVE

  • February 16, 2023
व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न चेम्बरको माग
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

टोखालाइभ डट कम/फाल्गुण  ४ , २०७

नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ । आज एक विज्ञप्ति जारी गरी सोमबार नयाँबसपार्कस्थित लोत्से मलमा भएको तोडफोड र पसलभित्र चोरी भएको भन्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गर्नुभएको हो ।  शान्तिपूर्ण आन्दोलन एवं प्रदर्शन गर्ने अधिकार भए पनि आन्दोलनका नाममा उच्छ्रिङ्खल गतिविधि, लुटपाट र तोडफोड गर्ने छुट कसैलाई नभएको चेम्बरले जनाएको छ । औद्योगिक एवं व्यावसायिक क्षेत्रको सुरक्षाका लागि सुरक्षा निकायलाई चुस्त र तैनाथी अवस्थामा राख्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।“विभिन्न मजदुर यातायात सङ्घ–सङ्गठनले गरेको आन्दोलनको मौका छोपीे नयाँ बसपार्कस्थित लोत्से मलमा रहेका पसलमा तोडफोड गरी लुटपाट भएको घटनामा नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ”, चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चेम्बरले घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कानूनी कारबाही गर्न र पीडित व्यवसायीलाई लुटपाटमा संलग्नबाटै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । व्यावसायिक क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न नसकिए व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने चेम्बरले जनाएको छ । राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गर्दा समेत शान्ति सुरक्षा कायम हुन नसक्नु दुर्भाग्यपूर्ण भएको चेम्बरले बताएको छ । चेम्बरले लोत्से मलका पीडित व्यवसायीलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र आगामी दिनमा यस्ता प्रवृत्तिका घटना दोहोरिन नदिन सरकारलाई सचेत गराएको छ ।
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

November 16, 2026
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

November 16, 2026
‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

November 15, 2026
खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

November 14, 2026
एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

November 13, 2026
लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

November 13, 2026
  • छुटाउनुभयो कि? सबै
    उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

    उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

    जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

    जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

    ‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

    ‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

    खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

    खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol