टाेखालाइभ डट कम/नविना श्रेष्ठ
माघ १८,२०७९
विश्व सम्पदा क्षेत्र बसन्तपुरस्थित डबली छेउको पार्किङ हटाएको छ । मरु निस्कने गल्लीबाटोमा अबदेखि पार्किङ गर्न निषेध गरिएको छ। लामो समयदेखि निःशुल्क पार्किङ रहेको सो क्षेत्रमा पार्किङको कारण आवतजावतमा समस्या भएको थियो। काठमाडौं महानगरपालिका वडा २३ स्थित पर्ने क्षेत्रमा मानिसहरुको भिडभाड हुने बसन्तपुरमा व्यवस्थित पार्किङको समस्या देखिएको थियो। पछिल्लो समय काठमाडौं महानगरपालिकाले धमाधम पार्किङ हटाउन थालेको छ। पार्किङकै विषयलाई लिएर व्यवसायीहरुले महानगरले बैकल्पिक व्यवस्था विना पार्किङ हटाउँदा व्यवसायमा असर परेको बताउँदै आएका छन्।


