• TOKHA LIVE

    • ९ माघ २०७९, सोमबार ०९:३६

    रत्न राज्यलक्ष्मी क्याम्पसमा रोजगारीसँगै नेपालभाषा स्नातक र स्नातकोत्तर तहमा भर्ना हुन अनुराेध

    टाेखालाइभ डट कम/ माघ ९,२०७९

    काठमाडौं । नेपालभाषा अभियान्ताहरुको अथक प्रयासबाट रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा दुई दशक पश्चात् स्नातक तहमा नेपालभाषा विषय पुनः स्थापना गर्दै नेपालको शिक्षा इतिहासमा नेपालभाषाको स्नातकोत्तर तहको अध्यापन केन्द्र बाहेक त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा पनि नेपालभाषाको अध्यापन सञ्चालन गराउन सफलता हासिल गर्न  सफल  रत्न राज्यलक्ष्मी क्याम्पस लगायत २४ वटा क्याम्पसहरुमा पहिला सकृय रहेको साहित्यिक पत्रिका पतन अवस्थामा रहेका पाःलाहरुलाई पुर्ण जीवन दिने उद्वेश्यले रत्न राज्यलक्ष्मी क्याम्पसमा रहेको सुकुन्दा साहित्य पाः लाः पुनः गठन गरेर सुकुन्दा साहित्य पाः लाः स्थापना भएको ४३ औं जन्मोत्सवको उपलक्ष्यमा नेपालभाषा अभियान्ताहरुले वि.सं. २०७३ साल देखि गर्दै आइरहेका विविध गतिविधिहरुलाई सामेल गरेर सुकुन्दा दँपौ सातौं अंक प्रकाशनमा ल्याएर अरु पाः लाहरुलाई पनि जिवनतादिन सघाँउ पुर्याउदै आइरहेको छ। नेपालभाषा अध्ययनसंगै रोजगारीको अवसर पनि बढ्दै गइरहेको छ।क्याम्पसको तर्फबाट स्नातकोत्तर तहमा अध्यापन गर्ने दुई जना विद्यार्थीहरुका लागि क्षात्रवृत्तिको व्यवस्था पनि गरिएको छ। रत्न राज्यलक्ष्मी क्याम्पसमा अन्तर्राष्ट्रिय स्पेतार्काे खेलाडी सुमित्रा डंगोल, राष्ट्रिय खो-खो खेलाडी बिक्कीराज महर्जन, महाकाव्यकार प्रशान्त डंगोल, पत्रकार रिदेन महर्जन, गायिकाहरु अध्ययनरत छन्। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका,टोखा नगरपालिका कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिकाहरुमा नेपालभाषा अध्यापन हुँदै आइरहेको छ र सो संगै रोजगारको अवसर पनि सृजना भइरहेको छ। बिहानी सत्रमा स्नातक तहमा नेपालभाषाको अध्यापन रत्न राज्य क्याम्पस प्रदर्शनी मार्ग, पद्यम कन्या क्याम्पस बागबजार,पाटन बहुमुखी क्याम्पस पाटन ढोकामा अध्यापन हुँदै आइरहेको छ। उच्च शिक्षा हासिल गर्न चाहानेहरुका लागि स्नातकोत्तर तहको अध्यापन प्रदर्शनीमार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा २०७८ सालदेखि अध्यापन भैरहेको छ।  नेपालभाषा पुनः स्थापना गरेको छोटो समयमै यति धेरै सफलता हासिल गर्न सफल अभियान्तहरु आगामी दिनहरुमा नेवाः विश्वविद्यालय स्थापनाको अभियानामा लम्कीरहेको छ। तपाईंहरुपनि विश्वमै सभ्य समुदायको परिचय बोकेको नेवाः कला संस्कार, संस्कृति, वास्तुकला, कास्थकला, हस्तकला, औषधी विज्ञानवारे जान्नका लागि समयमै नेपालभाषा अध्ययन गर्न नेवाः विध्यार्थी युनियनले अनुराेध गरेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै