• TOKHA LIVE

    • २९ पुष २०७९, शुक्रबार १९:२२

    नेपाल राष्ट्रिय खड्गी समाजले माघ १४ गते उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता प्रदर्शन गर्ने

    टाेखालाइभ डट कम/ नविना श्रेष्ठ

    पौष २९,२०७९

    नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला समितिले उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता प्रदर्शन गर्ने भएको छ। काठमाडौं जिल्ला समितिले आउँदो माघ १४ गते शनिबार उपत्यकाका बालबालिकाहरु बीचमा प्रतियोगीता गर्न लागेको हो। प्रतियोगीताका संयोजक राजन शाहीले प्रतियोगीताका लागि उपत्यकाभित्रका नाम दर्ता गराएका बालबालिकाहरुबाट अडिसन गरी ४० जनाका बीचमा अन्तिम प्रतिस्पर्धा हुने बताए ।नेवाः लोक गीत वा नेवाः आधुनिक गीतमा मात्र प्रतियोगीता गरिने शाहीले जानकारी गराए ।

    बालबालिकाहरुमा लुकेको प्रतिभा पनि उजागर होस् र यहाँको मौलिक कला, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा बालबालिकाहरु पनि सचेत बनुन् भन्ने उद्देश्य लिएर प्रतियोगीताको आयोजना गरिएको संयोजक शाहीको बताए। प्रतियोगीतामा प्रथमदेखि पाँचौं स्थानमा पर्नेलाई ट्रफिसहित पुरस्कृत गरिने र त्यस्तै भेषभुषा, हाउभाउ, श्रृङ्गार, कोरीयोग्राफी र प्रस्तुति सामग्रीमा पनि प्रतियोगीहरु पुरस्कृत हुने छ। नृत्यमा नेवाः संस्कृति झल्किने सामग्री प्रयोग गर्न सकिने आयोजकले जनाएको छ । भने प्रतियोगीतामा भाग लिन इच्छुक १२ देखि २० वर्षसम्मका बालबालिका वा विद्यार्थीहरुले आउँदो पुस मसान्तसम्ममा नाम दर्ता गराउन समाजले आह्वान गरेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै