Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
टाेखालाइभ डट कम/ नविना श्रेष्ठ
पौष २९,२०७९
नेवाः पत्रकार राष्ट्रिय दबूको चौथो महाधिवेशनबाट पत्रकार दबुको अध्यक्षमा नृपेन्द्र लाल श्रेष्ठ चयन भएको छ।नेवार पत्रकारहरूको संस्था नेवाः पत्रकार राष्ट्रिय दबूको चौथो महाधिवेशनबाट नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन, खुला उपाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, महिला उपाध्यक्षमा रचना श्रेष्ठ, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा सन्दीपकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा कृष्णकाजी (केके) मानन्धर, सचिवमा राजु नापित, कोषाध्यक्षमा बाबुकाजी साँछे श्रेष्ठ, खुला सहसचिवमा प्रजित शाक्य, महिला सहसचिवमा सुनिता महर्जन, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहसचिवमा विजयराम कर्माचार्य, सहकोषाध्यक्षमा तेजनारायण महर्जन निर्विरोध निर्वाचित भएको छ। कार्यसमिति सदस्यमा रत्नकृष्ण श्रेष्ठ (उपत्यकाबाट), पूर्णभक्त दुवाव, दानदास श्रेष्ठ, अनिता डङ्गोल, अनुप प्रधान, मीरा बज्राचार्य र उत्तमकुमार श्रेष्ठ (गण्डकी प्रदेश) निर्वाचित भएको थियो।लेखासमिति संयोजकमा विगेन तुलाधर निर्विरोध निर्वाचित भए भने लेखासमिति सदस्यमा कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन कमिटी संयोजक किरण शाक्यले जानकारी दिए।

