टाेखालाइभ डट कम/ पुस १४,२०७९
काठमाडौंः गएराति काठमाडौंको नरदेवीमा भएको आगलागी चार घण्टापछि नियन्त्रणमा आएको छ ।
अग्नि नियन्त्रकहरूको प्रयासले मानवीय र अन्य क्षति हुनबाट रोकिएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने विद्युत् सर्ट भएर आगलागी भएपछि कवाडी संकलन केन्द्रलगायतमा क्षति पुगेको जनाएको छ।नरदेवी मन्दिर आसपासका घरमा भएको आगलागी सुरक्षाकर्मी र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको थियो ।

