Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
टाेखालाइभ डट कम/नविना श्रेष्ठ
मंसिर ८,२०७९
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले जिल्लाका नवनिर्वाचित नौ सांसदलाई बधाई तथा शुभकामना दिएको छ । नवनिर्वाचित सांसदहरूसँग सहकार्य गरी राम्रो काठमाडौं बनाउन आतुर रहेको जनाए। हालै सम्पन्न निर्वाचनमा सबै उम्मेदवारको कोसिसप्रति आफ्नो सम्मान पनि रहेको बताए। काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन नवनिर्वाचित सांसदहरू सबैको साथ आवश्यक हुने उल्लेख गरे।
‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोसिसको सम्मान छ । साथै निर्वाचितहरुलाई बधाई र शुभकामना दिइएको छ। काठमाडौं महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयमा काठमाडौं महानगर जोडिनुपर्ने अवस्था रहेको बताए।
काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक ऊर्जा र उदाहरण प्रवाह गर्न सक्छ । तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छ । त्यस्तै महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुने र खोला किनार ब्यवस्थापन, फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्छ। काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईहरु सबैको साथ आवश्यक हुनेछ । तपाईहरुसँग सहकार्य गरि काठमाण्डौँ बनाउन हामी आतुर छौँ,’ बालेनले सामाजिक सञ्जालमा लेखेको थियो।
काठमाडौं महानगरपालिकामा काठमाडौं १, २, ३, ४, ५, ६, ७, ८ र ९ निर्वाचन क्षेत्र पर्छन्। भने बालेनले नौ क्षेत्रबाटै जितेका सांसदहरूको तस्बिर राखेर सामाजिक सञ्जालमा बधाई र शुभकामना दिईएका छन्।

