टाेखालाइभ डट कम/नविना श्रेष्ठ
मंसिर ८,२०७९
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले जिल्लाका नवनिर्वाचित नौ सांसदलाई बधाई तथा शुभकामना दिएको छ । नवनिर्वाचित सांसदहरूसँग सहकार्य गरी राम्रो काठमाडौं बनाउन आतुर रहेको जनाए। हालै सम्पन्न निर्वाचनमा सबै उम्मेदवारको कोसिसप्रति आफ्नो सम्मान पनि रहेको बताए। काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन नवनिर्वाचित सांसदहरू सबैको साथ आवश्यक हुने उल्लेख गरे।
‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोसिसको सम्मान छ । साथै निर्वाचितहरुलाई बधाई र शुभकामना दिइएको छ। काठमाडौं महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयमा काठमाडौं महानगर जोडिनुपर्ने अवस्था रहेको बताए।
काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक ऊर्जा र उदाहरण प्रवाह गर्न सक्छ । तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छ । त्यस्तै महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुने र खोला किनार ब्यवस्थापन, फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्छ। काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईहरु सबैको साथ आवश्यक हुनेछ । तपाईहरुसँग सहकार्य गरि काठमाण्डौँ बनाउन हामी आतुर छौँ,’ बालेनले सामाजिक सञ्जालमा लेखेको थियो।
काठमाडौं महानगरपालिकामा काठमाडौं १, २, ३, ४, ५, ६, ७, ८ र ९ निर्वाचन क्षेत्र पर्छन्। भने बालेनले नौ क्षेत्रबाटै जितेका सांसदहरूको तस्बिर राखेर सामाजिक सञ्जालमा बधाई र शुभकामना दिईएका छन्।

