• TOKHA LIVE

      TOKHA LIVE

    • २९ कार्तिक २०७९, मंगलवार १९:५७

    काठमाडौं महानगरपालिकाद्वारा  सडकआश्रित मानवको व्यवस्थापन गर्न प्रतिबद्ध :

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ

    कार्तिक २९,२०७९

    काठमाडौं महानगरपालिकाले सडकआश्रित मानव (असहाय, बेसहारा)को व्यवस्थापन गर्न प्रतिबद्ध रहेको जनाए।
    महानगरका प्रमुख बालेन शाहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता जनाए। मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरले उनीहरूको व्यवस्थापन कार्य गर्दै आएको र यो क्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिने विषयमा महानगर र आश्रमबीच सोमबार छलफलसमेत भएका थिए।

     

    सडकआश्रित मानवको व्यवस्थापनका लागि भएको योजना तथा समीक्षा बैठकमा महानगर प्रमुख शाहले “बेसहारा मानिसको उद्धार र व्यवस्थापनमा काठमाडौं महानगरपालिकाको प्रतिबद्ध छ र रहिरहने बताए। त्यसका लागि आश्रमसँग सहकार्य भइरहेको र अझै प्रभावकारीरूपमा कार्य अघि बढाउने बताएका छन्। बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै सहयोगापेक्षी मानवहरूको व्यवस्थापनमा आश्रममाथि आइपरेका चुनौती र समाधानका विषयमा छलफल गरेको थियो। अबको पछिल्लो समयमा तीनै तहका सरकारबाट हातेमालोको प्रयास भइरहेको र केही सहयोगसमेत प्राप्त भए पनि त्यो अत्यन्त न्यून रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो।

    काठमाडौं महानगरपालिकाको आर्थिक स्रोतमा नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराई नागार्जुन नगरपालिकाभित्र सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम निर्माण गर्ने सम्बन्धमा विगतमा सम्झौता भएको हो। भने बैठकले नागार्जुन –६ मा आश्रमको भवन निर्माणका लागि जग्गाको स्वामित्व नेपाल सरकारबाट नगरपालिकाको मातहतमा ल्याउन बाँकी रहेकाले नगरपालिकालाई प्रक्रिया अगाडि बढाउन अनुरोध गर्ने निर्णय गरेको थियो।
    सडकपेटी र सार्वजनिकस्थलबाट मानिसको उद्धार गरी आश्रम वा अस्पतालसम्म लैजान र आश्रममा रहेका व्यक्तिलाई अस्पतालसम्म ल्याउन र लैजानका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवा प्रयोग गर्ने र सडकआश्रित मानवहरूको अवस्थाबारे जानकारी लिन १०२ नम्बरको एम्बुलेन्स सेवाको हटलाइनलाई प्रयोग गरिने र आश्रमको खानेपानीमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल गर्ने तथा अन्य समस्याका विषयमा समन्वययात्मक रूपमा बैठक बसेर समाधान गर्दै जाने विषयमा महानगर र आश्रमबीच समझदारीसमेत भएको जनाए।

    आश्रमले महानगरपालिकाका सडकबाट हालसम्म एक हजार सात सय बढीको उद्धार गरिसकेको र चार सय ५३ जनाको पारिवारिक पुनर्मिलन गराइसकेको छ भने हाल आश्रममा दुई सय १३ जनाले सेवा पाइरहेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर

    दश वर्षमा ८१५ सम्पदा निर्माण

    छुटाउनुभयो कि? सबै