• Sanu Raj Dangol

    • ८ आश्विन २०७९, शनिबार २०:२२

    बृहत उर्वर बचत तथा ऋण सहकारी संस्थाको १० औँ वार्षिक साधारणसभा सम्पन्न

    टाेखालाइभ डट कम/ असोज ८ ,२०७९

    काठमाडौं / बृहत उर्वर बचत तथा ऋण सहकारी संस्थाको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    काठमाडौं स्थित बसुन्धरा बैंक्वेटमा सम्पन्न सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष भगवान केसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी टाेखा नगर प्रमुख प्रकाश अधिकारी रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि जेष्ठ नागरिक ८७ वर्षिय मिठु केसीले उद्घाटन गर्नुभयो।कार्यक्रममा विशिष्ट अतिथिमा संस्थाका उपाध्यक्ष देवराज डंगोल रहेका थिए ।

     

    संस्थाका उपाध्यक्ष देवराज डंगोलले स्वागत मन्तव्य राख्दै
    कृषि , साना तथा घरेलुु उद्योग साना ब्यापार व्यवसायहरु संचालन गर्ने व्यवसायीलाई सहकारीको मर्म र भावना अनुसार वित्तीय सेवा प्रदान गरि मुलुकको लागि सानै भए पनि सार्थक र विश्वासिलो सेवा भाव सहितको गतिलो साहसिक कदम सहकारीले निरन्तर अगाडि बढाईरहेको बताउनुभयो।

    कार्यक्रममा विशिस्ट अतिथि अर्थ मन्त्रालयका सह- सचिव आनन्द काफ्ले , नेपाल सुन चाँदी रत्न आभुसन संघका केन्द्रिय महासचिव जयराम पाण्डेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    संस्थाका अध्यक्ष भगवान केसीले टाेखा नगरपालिका वडा ६ स्थित बृहत उर्वर बचत तथा ऋण सहकारी संस्थाको २०६९ सालमा स्थापना भई कार्य गर्दै आइरहेको सहकारीमा हालसम्म १२५८ क्रियाशील शेयर सदस्यहरु मार्फत आर्थिक कारोबार गर्दै आएको बताउनुभयो। संस्थाका ऋणीहरुले सहकारीबाट सुलभ र छरितो तवरले प्रदान गरिएको ऋणको सदुपयोग गरेर आफ्नो ब्यापार व्यवसाय , उद्योग धन्दा कल कारखानाहरु सुव्यवस्थित संचालन गरि अधिकतम प्रगतिशिल तर्फ उन्मुख भइ समाजमा प्रतिष्ठित व्यवसायीको रूपमा स्थापित गर्नुहुनेछ भन्ने आशा एवं भरोसा व्यक्त गर्दै सहकारीले विगतका दिनहरूमा जस्तै आगामी दिनहरुमा पनि अझ सशक्त ढंगले बृक्षारोपण, रक्तदान , असहाय बालबालिका तथा वृद्ध -वृद्धाहरुलाई सहयोग प्रदान , भित्ते पात्रो प्रकाशन, महिला ससक्तीकरण तथा युवा प्रेरणादायी तालीमहरु जस्ता सामाजिक प्रतिष्ठित कार्यक्रमहरु निरन्तर संचालन गर्दै अगाडि बढ्ने अध्यक्ष केसीले प्रतिबद्धता जनाए ।

    बृहत उर्वर बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष २०७८/७९ को लेखा सुपरिवेक्षण समितिका संयोजक
    बिष्णुकला भण्डारीले लेखा सुपरिवेक्षक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    सभामा संस्थाका अध्यक्ष भगवान केसीले सञ्चालक समितिको तर्फबाट आव २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै शेयर सदस्यहरुलाई स्थापना कालदेखि बोनस वितरण गर्दै आइरहेको यस पटक पनि १५ प्रतिशत बोनस वितरण गरिने जानकारी दिनुभयो।

    संस्थाको काेषाध्यक्ष राजकाजी डंगोलले आव २०७८/७९ को आर्थिक प्रतिवेदन आ.व २०७९/८० का लागि प्रस्तावित लक्ष्य र बजेट प्रस्तुत गरेका थिए। संस्थाको आर्थिक वर्ष ०७८/०७९ मा संस्थाले आर्थिक कारोवार गत आर्थिक वर्षको तुलनाममा ५.१६ प्रतिशतले वृद्धि भई कुल पुजि अन्य कोष समेत संस्थाको चुक्ता सेयर पुँजी २ करोड ४१लाख २८ हजार ९५२ रूपैयाँ कायम हुन गएको उल्लेख गरिएको छ।

    संस्थाले आर्थिक वर्ष २०७८/७९ मा कुल ८.८५ प्रतिशतले वृद्धि भई कुल पुजी ५ करोड ८४ लाख ५ हजार ४९९ रुपैयाँ निक्षेप संकलन गरेको बताउँदैे संस्थाले कर्जा तथा सापटमा गत आर्थिक वर्षको आर्थिक कारोवारको तुलनामा २३.१६ वृद्धि भइ रु ६ करोड ४१ लाख ८३ हजार ६६८ रुपैयाँ प्रवाह गरेकोमा यस वर्ष ८ करोड ३५ लाख ३५ हजार २०२ रुपैयाँ हुन आएको जनाएको छ।

    कार्यक्रममा प्रमुख अतिथी टाेखा नगर प्रमुख प्रकाश अधिकारीले विशिस्ट अतिथि नेपाल सुन चाँदी रत्न आभुसन संघका केन्द्रिय महासचिव जयराम पाण्डे र विशिस्ट अतिथि अर्थ मन्त्रालयका सह- सचिव आनन्द काफ्लेलाई सम्मान – पत्र,उत्कृष्ट बचत कर्ता सावित्री केसीलाई प्रमाणपत्र र जेष्ठ नागरिक ८७ वर्षिय मिठु केसीलाई दोसल्ला ओदाइ सम्मान गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारीले सहकारी संस्थाको १० औं वार्षिक साधारण सफलताको शुभकामना व्यक्त गर्दै टाेखा नगरपालिका भरिका सारा सहकारी संस्थाहरुलाई समय सापेक्ष अनुसार र बदलिँदो परिवेश अनुसार सहकारीलाई निरन्तर अगाडि बढाउन वातावरण निर्माण गर्नको लागि विगतमा समय समयमा विभिन्न किसिमको तालीमहरु उपलब्ध गराएको बताउनुभयो ।बृहत उर्वर सहकारी संस्थाले स्थापना कालदेखि आजसम्मका मिति सम्म आइपुग्दा सस्थाले खेलेको भूमिकाको वारेमा चर्चा गर्दै स्थानीय स्तरमा जनसमुदायको व्यापक सहभागितमा संस्था स्थापना गरिएको र शेयर सदस्यको आर्थिक, समाजिक हैसियत उकास्नका लागी सहकारीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

    संस्थाका सचिव भगवती गौतमले सञ्चालन गर्नुभएको
    सभामा संस्थाका अध्यक्ष भगवान केसीले कार्यक्रमको समापन गर्नुभएको थियो ।

     

    कार्यक्रममा प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारी,विशिस्ट अतिथि जेष्ठ नागरिक मिठु केसी,विशिष्ट अतिथि अर्थ मन्त्रालयका सह- सचिव आनन्द काफ्ले , नेपाल सुन चाँदी रत्न आभुसन संघका केन्द्रिय महासचिव जयराम पाण्डे , संचालक समितिका पदाधिकारीहरु,लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु,ऋण उप समितिका पदाधिकारीहरु,शिक्षा उप- समितिका पदाधिकारीहरु ,महिला उप- समितिका पदाधिकारीहरु संस्थाका सल्लाहकारहरु लगायत सहकारीका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

     

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै