• TOKHA LIVE

    • ३१ भाद्र २०७९, शुक्रबार १८:३९

    स्वरोजगार श्रमिकका लागि ठाउँ र समय व्यवस्थापन गर्न बालेनसँग बाबुरामको माग

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    भाद्र ३१,२०७९

    काठमाडौं/स्वरोजगार श्रमिकका लागि ठाउँ र समय व्यवस्थापन गर्न बालेनसँग बाबुराम भट्टराईले माग गरेका छन्।
    नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन् ।

    पछिल्लो समय मेयर शाहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै डा. भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न बालेनसँग आग्रह गरेका छन्। काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय भएका छन्। उनले शुक्रबार बिहान एक ट्वीट सन्देशमा लेखेको छ।

    फुटपाथ पनि व्यवस्थित गर्दै लैजानु पर्दछ। तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य भएका छन्।
    मेयर बालेनसँग बाबुरामको माग छ, ‘अतः निश्चित ठाउँ/समय तोकेर तिनीहरको व्यवस्था गरिदिनुपर्ने माग गरेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै