• TOKHA LIVE

      TOKHA LIVE

    • २६ भाद्र २०७९, आईतवार २१:५६

    येंया पुन्हीको उपलक्ष्यमा मछिन्द्र क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    भाद्र २५,२०७९

    येंया पुन्हीको उपलक्ष्यमा मछिन्द्र क्लबको आयोजनामा जनबाहालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
    रक्तदान नै जीवन दान एक थोपा रगतले धेरै मानिसहरूको जान बच्न सक्ने भएकाले जनबाहालमा रक्तदान कार्यक्रमको आयोजनामा मछिन्द्र क्लब,लायन्स क्लब अफ काठमाडौं,मासंगा नेवा पुच ,मासगल्ली व्यापार संघ,मासंगल्ली टोल सुधार समिति, मछिन्द्र क्यू, लगायत बिभिन्न संघ संस्थाको आयोजनामा रक्तदान कार्यक्रम गर्दै आएको छ। रक्तदान कार्यक्रममा महिलाहरुको पनि उत्तिकै सहभागी रहेको थियो। रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष सुनिल कपालीले जानकारी दिनुभयो।

    रक्तदान कार्यक्रममा प्रमुख अतिथि खाने पानी सिचाई तथा उर्जा मन्त्री बसन्त प्रसाद मानन्धर रहनु भएको थियो। भने मछिन्द्र क्लबका पूर्व अध्यक्ष प्रर्बोद विर सिंह कंसाकारले समेत रक्तदान गरेको थियो। मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपाली, उपाध्यक्ष एंव नेपाली नेसनल फुटबल पुरुष व्यवस्थापक अनिल श्रेष्ठ , सचिव किरण महर्जन, कोषाध्यक्ष बिजय लाल कर्माचार्य, लायन्स क्लब अफ काठमाडौं कोर सिटि अध्यक्ष रविन्संन कंसाकार, उपाध्यक्ष बिनोद चित्रकार, सचिव सरोज मर्हजन, कोषाध्यक्ष दिपक मर्हजन लगायत सम्पूर्णको उपस्थित रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर

    दश वर्षमा ८१५ सम्पदा निर्माण

    छुटाउनुभयो कि? सबै