• TOKHA LIVE

    • २० जेष्ठ २०७९, शुक्रबार ०९:५४

    बेलायती महारानीको ऐतिहासिक जयन्ति उत्सव शुरु

    टोखा लाइभ । २०७९ जेठ २० गते ।

    महारानी एलिजाबेथ द्वितीय सिंहासनमा बसेको ७० औं वर्षको सम्मानमा बिहीवार देखि चार दिनकालागि बेलायती सैन्य परम्पराको प्रदर्शन गर्दै भब्य उत्सव सुरु भएको छ ।

    हजारौं हजारको भीडले ९६ वर्षीया रानी बकिंघम दरवारको बालकोनीमा देखा पर्दा उनको हर्षोल्लास गरिएको थियो ।

    बेलायती राज्यको प्रमुखमा स्थिरता दिंदै ७० वर्षको शासनकालको सम्मान गरिएको हो । यो चार दिने विशेष हर्षोल्लासपूर्ण उत्सव ‘ट्रोपिङ अफ द कलर’ का साथ बिहिवार शुरु भएको हो । यो एक वार्षिक सैन्य समीक्षा सहितको कार्यक्रम हो जसले सन् १७६० देखि सार्वभौम राजसंस्थाको आधिकारिक जन्मदिनलाई विशेष पहिचान गर्छ ।

    ९६ वर्षीया रानी बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने सम्राट र सिंहासनमा सात दशकको कोशेढुङ्गा खडा गर्ने पहिलो व्यक्ति हुन्।

    उनका भतिज प्रिन्स एडवर्ड, केन्टको ड्यूक, उनका श्रीमान् आफ्नो परिवारसँग दरबारको बालकोनीबाट ‘ट्रोपिङ अफ द कलर’ बाट सलाम लिन देखा परेकि हुन् । त्यो बेला हजारौंले हर्षोल्लास मनाएका थिए ।

    एलिजाबेथका छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्स, उनका जेठो छोरा विलियम र पत्नी केट सहित शाही परिवारका वरिष्ठ सदस्यहरू घोडामा सवार हुँदै सैन्य परेडमा थिए ।

    उनीहरु खुला गाडीमा पुग्दा ठूलो जयकार भएको थियो । रानीलाई विश्वका धेरै नेताहरूले पनि सद्भावना सन्देश पठाएका छन् ।

    “युनाइटेड किंगडम र कमनवेल्थभरि मेरो प्लेटिनम जुबली मनाउन समुदाय, परिवार, छिमेकी र साथीहरूलाई बोलाउने र यसमा संलग्न सबैलाई धन्यवाद” रानीले एक विज्ञप्तिमा भनिन् “मलाई देखाइएको सद्भावनाबाट म प्रेरित भइरहन्छु । र आशा छ, आगामी दिनहरूले विगत ७० वर्षमा हासिल गरेका सबै कुरालाई प्रतिबिम्बित गर्ने अवसर प्रदान गर्नेछ, किनकि हामी आत्मविश्वास र उत्साहका साथ भविष्यलाई हेर्छौं ।”

    ‘इतिहासको एक भाग’

    रानीको परिवार र साथीहरू बकिङ्घम प्यालेससम्म पुग्न मुख्य र भव्य सडकहरूमा भेला भएका थिए । ‘रेजिमेन्टल मार्चिङ ब्यान्ड’ लाई हर्षोल्लासपूर्ण तरिकाले स्वागत र प्रशंसा गर्दै युके संघको झण्डा फहराइेको थियो । कागजको मुकुट लगाएर तिनले प्रदर्शन गरेका थिए ।

    केही शाही फ्यानहरूले बकिङ्घम प्यालेस बाहिर आफू बस्ने ठाउँ सुरक्षित गर्न बुधवार रातभरि पालमा बिताएका थिए । हल्का नीलो सूट र टोपी लगाएर रानी दरबारको बालकनीमा देखा परेको हेर्नको लागि ति रातभर कुरेर बसेका थिए ।

    बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा कार्यरत आफ्नो परिवारसँग आएका ५५ वर्षीय पल फ्लेचरले भने “यो सम्भवतः एक मात्र समय एक मात्र विशेष क्षण हुन गइरहेको छ । रानीलाई प्राप्त यो अहिलेको एक मात्र अवशर हो, यो ऐतिहासिक हो ।”

    “रानी सिंहासनमा बसेको ७० वर्ष भइसक्यो। यो पहिले कहिल्यै थाहा थिएन र मलाई लाग्दैन कि यो फेरि कहिले हुने छ” उनले थपे ।

    रानीको ७० वर्षको शासनकाल हेरौं;

    संयुक्त राज्य अमेरिकाका किम्बर ब्यास्लेले रानीलाई अमेरिका र सम्पूर्ण विश्वका लागि “उत्कृष्ट उदाहरण” भनिन् ।

    “यो इतिहासको अंश हो। तपाईंले यो कति पटक हेर्न पाउनुभयो?” उनले सोधिन ।

    द मालमा परेडको मार्ग बनाईएको छ । युके युनियनका झण्डाहरू जताततै फहराईेको छ । बाजाहरुमा ति झण्डाहरु झुण्ड्याइएको छ । केही फ्यानहरूले युकेका झण्डाहरु बनाएर अनुहार पोतेका थिए । झण्डामा बेरिएकाहरु हजारौं थिए ।

    अन्य मानिसहरु नजिकैका पार्कहरूमा पिकनिकको आनन्द लिने र ठूला स्क्रिनहरूमा उत्सव हेर्न धुइरिएका थिए ।

    बिहीवार कैयौं प्रदर्शनकारी शाही परम्पराको विरोध गर्न उत्रिएका थिए । परेडको मार्गमा अवरोध गरेपछि तिनलाई पक्राउ गरिएको थियो । त्यसको जिम्मेवारी द ग्रुप एनिमल रिबेलियन भन्नेले लिएको छ ।

    प्रदर्शनकारीहरूले आफ्नो भूमी पहिले शाही परिवारले लिएको, हडपेको भन्दै शाही भूमि पुन: प्राप्त गर्न माग गरिरहेका थिए।

    बिहीवार जुबलीको सुरुवात मात्र होइन, फेब्रुअरी १९५२ मा आफ्ना बुबा जर्ज छैठौंको मृत्यु भएपछि रानी बनेकी एलिजाबेथको राज्याभिषेकको ६९ औं वार्षिकोत्सव पनि हो।

    महारानी एलिजाबेथ बिहीवार सैन्य परेडमा देखा पर्दा केही असुविधाको अनुभव गरेपछि उनको सात दशकसम्म राजाको रूपमा रहेको थ्याङ्क्सगिभिङ कार्यक्रममा भाग नलिने बकिंघम प्यालेसले बिहीवार ढिलो गरि उल्लेख गरेको छ ।


    (एपी, एफपी र रोयटर्स)

    Facebook Comments

    छुटाउनुभयो कि? सबै