• TOKHA LIVE

    • २९ बैशाख २०७९, बिहीबार २१:४२

    स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न प्रधानमन्त्री देउवाको अपिल

    टाेखालाइभ डट कम
    काठमाडौं , बैशाख २९,२०७९

    प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि हुने स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न मतदाताहरुमा अपिल गरेका छन्। मतदान गर्नका लागि गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले एक सन्देश जारी गर्दै मतदानको अपिल गरेका हुन्।

    उनले निर्धक्क भएर मतदान गर्न आम मतदाताहरूलाई आह्वान गरेका छन्। बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्‍याउन म सबैमा आग्रह गर्दछु।’ – अपिलमा भनिएको छ।

    प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको उल्लेख गरेका छन्।

    देशभर शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै